पोखरामा खुल्यो गण्डकी प्रदेश प्रहरी अस्पताल

हेल्थपोस्ट नेपाल

प्रहरी अधिकारी र उनीहरुको परिवारलाई सेवा दिन पोखरामा अस्पताल खुलेको छ।  पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा नेपाल प्रहरीको आफ्नै जग्गामा गण्डकी प्रदेश प्रहरी अस्पताल खोलिएको हो। नवनिर्मित भवनको गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक–डिआइजी घनश्याम अर्यालले आइतबार अस्पताल उद्घाटन गरे।

नेपाल प्रहरी कल्याण कोषको बजेटबाट २८ लाख २३ हजाररुपैयाँ लागतमा अस्पताल भवन निर्माण गरिएको हो। ११ सय ६ वर्ग फिट क्षेत्रफलमा निर्माणभएको उक्त भवनमा सोधपुछ कक्ष, ओपिडी र इमर्जेन्सी सञ्चालनमा छ।

हालसम्म क्षेत्रीय सशस्त्र प्रहरी गणबाट प्रहरी कर्मचारीले सेवा लिँदै आएका थिए। अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० डा। नर्मन लामिछानेले आगामी दिनमा अस्पतालको सेवालाई विस्तार गरेर हाडजोर्नी, नसा तथा बाथ रोग लगायत अन्य सेवा प्रदान गरिने जानकारी दिए।

प्रहरी अस्पताल, महाराजगन्जबाट प्रदान भइरहेको सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले २०७४ साल चैत १७ गते तत्कालीन आइजी कमलसिंह बमलेभवन शिलान्यास गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *