प्रदेश २ मा थपिए ६९ जना नयाँ कोरोना संक्रमित

प्रदेश २ मा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको ७ जिल्लामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ६९ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार १३७ पुगेको छ।

आइतबार प्रदेश २ को धनुषामा २, बारामा १ सिरहामा १, रौतहटमा २, सर्लाहीमा २२ , सप्तरीमा २८ र पर्साको ७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

धनुषाका विदेह नगरपालिका क्वारेन्टाइनका २, बाराको कलैया नगरपालिकाका १, सिरहाको लहान नगरपालिकाका १ र रौतहटको गरुडा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको झाले बताए।

यसैगरी सर्लाहीको लालबन्दी नगरपालिकाका २, बरहथवा नगरपालिकाका २२, विष्णु गाउँपालिकाका २ र ठाउँ नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

सप्तरीको खडक नगरपालिकाका ६, सुरुङ्गा नगरपालिकाका ७, बलान बिहुल गाउँपालिकाका ४, छिनमस्ता गाउँपालिकाका ५, हनुमाननगर कंकालिनी नगरपालिकाका १ र राजविराज नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

पर्साको वीरगंजस्थित त्रियुद्ध स्कुल क्वारेन्टाइनका १, नेशनल मेडिकल कलेजका १, धबगहा क्वारेन्टाइनका १, जगन्नाथपुर गाउँपालिका क्वारेन्टाइनका १ र वीरगंज महानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

आइतबार ३१ पुरुष र ६ महिलासहित ३७ जना कोरोना संक्रमित निको भएर घर फर्केको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय