‘परीक्षण मात्रै कोरोनाको उपचार होइन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणको लागि व्यक्ति स्वयमंले नै सर्तकता अपनाउनु पर्ने बताएको छ। आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा आउने बानी, व्यवहार रहनुजेलसम्म कोरोनाको उच्च जोखिममा रहने बताए।

‘कोरोना परीक्षण मात्र यसको उपचार होइन। परीक्षण विशुद्द प्रावधिक विषय हो। उनले भने,‘ संक्रमित व्यक्तिहरुसँग सम्पर्क आउन सक्ने खालका बानी, व्यवहार रहुनजेल उच्च जोखिम रहन्छौ।’

जोखिम भएका, विदेशबाट आएका, संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्न लागेको डा. गौतमले जानकारी दिए। संक्रमणको अवस्था हेरर वा हेर्न उपत्यकाका विभिन्न स्थानबाट लिएका नमुना परीक्षणको नतिजाले समेत परीक्षण भन्दा जनस्वास्थ्यका मापदण्डहरु बढि ध्यान दिनुपर्ने देखाएको उनले बताए।

‘मन्त्रालयले समुदाय स्तरमा जोखिममा हुने सक्ने ४५ हजार जनाको नमुना लिई परीक्षण गर्न गरी काम अघि बढेको छ डा. गौतम भन्छन्,‘स्रोत साधनको दुरुपयोग हुन नपाओस भन्ने सबैले विचार गर्नुपर्छ।’

उनका अनुसार छिमेकी देशमा संक्रमित बढ्दै जानू, विदेशबाट आउने क्रम यर्थावत रहनु, धेरै जनधनत्व भएको ठाउँमा मानिसहरुको भीडभाड बढ्दै जानू र जनस्वास्थ्य न्युनतम मापदण्ड पालना नहुनु आदि जस्ता कारणले कोरोना उच्च जोखिम कायम नै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय