प्राथमिकता घटेकाले परीक्षणको दायरा घटेको हो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम तथा प्राथमिकताको आधारमा परीक्षण गर्नुपर्ने व्यक्ति कम भएको कारणले परीक्षण संख्या थोरै भएको जनाएको छ।

पिसिआर परीक्षण संख्या र दायाराको विषयलाई लिएर भइरहेका भ्रामक प्रचार–प्रसार भएको प्रति मन्त्रालयको ध्यानकर्षण भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘पिसिआर परीक्षण गर्न प्रयोगशाला विस्तार भइरहेको छ। प्रदेश, स्थानीय तह तथा निजि क्षेत्रहरुबाट समेत तदारुपताको साथ काम गरिरहेका छन्, डा. गौतमले भने,‘ परीक्षण गर्ने सक्ने क्षमता निकै बढेको छ। कसैलाई प्राथमिकता दिएर परीक्षण गर्न भन्ने क्रममा तथ्य र प्रमाणहरुको आधारमा मन्त्रालयले काम गरिरहेको छ।’

तथ्य र प्रमाणको अतिरिक्त सामाजिक परीवेशलाई समेत मनन गरी समय–समयमा परीक्षण विषयमा निर्णय र निर्देशन परिमार्जन भएको उनले जानकारी दिए।

पोजेटिभ हुनेहरुको प्रतिशत पनि निकै कम हुँदै गएको डा. गौतम बताउँछन्।  उनका अनुसार अझै नेपालमा कोरोनाको जोखिम कायम नै रहेको छ।

छिमेकी देशमा संक्रमित बढ्दै जानू, विदेशबाट आउने क्रम यर्थावत रहनु, धेरै जनधनत्व भएको ठाउँमा मानिसहरुको भीडभाड बढ्दै जानू र जनस्वास्थ्य न्युनतम मापदण्ड पालना नहुनु आदि जस्ता कारणले नेपाल अझै उच्च जोखिममा रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय