बिपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन ४ गते १५:१३

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी नियूक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्रमान गिरीको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रजिष्ट्रार नियुक्ती गरेका हुन् ।

यसअघि उनी प्रसुति तथा स्त्रीरोग विभागका विभागीय प्रमुख थिए । यसअघि रजिष्ट्रार तुलबहादुर श्रेष्ठ थिए । उनलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

पछिल्लोपटक प्राज्ञिक संस्थामा चिकित्सकलाई नै रजिष्ट्रार बनाएको भन्दै चिकित्सकहरुले सकारात्मक रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय