मन्त्रालयले करार नियुक्ती रोक्न परिपत्रको भोलिपल्टै नियुक्ति प्रक्रिया

कोरोना कहरका बीच अतिरिक्त आर्थिक भार पर्नेगरी करारमा कर्मचारी भर्ना नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेकै भोलिपल्ट स्वास्थ्यका दुई प्रमुख निकायले करार नियुक्तिको प्रक्रिया थालेका छन्।

मन्त्रालयले अस्थायी दरबन्दीको करार सेवामा नयाँ कर्मचारीलाई नियुक्त नगर्न असार २५ गते निर्देशन दिएको थियो।  यद्यपि, कर्मचारी अतिआवश्यक परेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी फाजिलमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्ने मन्त्रालयले आफ्नो मातहतमा रहेको निकायलाई जानकारी दिएको थियो।

कर्मचारी पदपूर्ति हुन नसक्ने अवस्था भएमा ती पद करार–अस्थायी–ज्यालादरीबाटै पूर्ति गनुपर्ने पर्याप्त आधार, कारणसहित प्रशासन मन्त्रालयको सहमति लिएर मात्र अगाडि बढ्नु पर्ने निर्देशन थियो।

मन्त्रालयलको निर्देशनविपरीत कर्मचारी भर्ना गरिँदै

स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको केही दिनमै स्वास्थ्यका दुई निकायले करार सेवाका लागि कर्मचारी माग गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मन्त्रालयको निर्देशनविपरीत करार सेवामा कर्मचारीको माग गरेको पाइएको छ।

प्रत्यारोपण केन्द्रले परिपत्रको भोलिपल्टै असार २६ गते करार सेवामा विभिन्न तहका लागि ७ कर्मचारीका निम्ति दराखास्त आह्वान गरेको छ। तर केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवाली कर्मचारीको अभावमा अस्पतालमा भएका मेसिन वर्षाैदेखि सञ्चालनमा नआएकाले करारमा लिनुपरेको बताए।

‘अस्पतालको विकास समितिबाट निर्णय गरेर कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाएका हौं। हामी कहाँ प्राविधिक जनशक्ति छैनन्,’ डा. ज्ञवालीले भने, ‘सेवा सुचारु गन अहिलेका लागि करारबाट जनशक्ति लिन लागेका हौं।’

समितिको निर्णयबाट हाललाई सेवा सञ्चालनका लागि करारमा र पछि लोकसेवाबाट जनशक्ति लिने तयारी भएको उनले बताए।

केन्द्रले कन्सल्टेन्ट (प्रत्यारोपण शल्यचिकित्सा तथा हेपाटिको–प्यान्त्रियाटो विलियरी सर्जरी, कन्सल्टेन्ट काडियोथोरासिक तथा भाष्कुलर सर्जरी का नवौँ–नवौँ तहका १–१ जना कर्मचारीको माग गरेको छ।

सि. रजिष्ट्रार–रजिष्ट्रार कार्डियाथोरासिक तथा भाष्कुलर सर्जरी, सि. रजिष्ट्रार–रजिष्ट्रार एनेष्थेसियोलोजि एण्ड क्रिटिकल कियर, स. रजिष्ट्रार–रजिष्ट्रार कार्डियोलोजी आठौं तहका १–१ जनाको काम गरेको हो।

त्यसैगरी, प्रक्युजनिष्ट (सातौँ) तहको १ जना र ल्याब टेक्सिियन पाँचौ तहको २ जनाको करारमा माग गरेको छ।

करार छनौटको किसिम लिखित र अन्तवर्ताबाट हुने सूचनामा उल्लेख छ। सूचना जारी भएको मितिले २१ दिनभित्र दरखास्त दिइसक्नुपर्ने अस्पतालले जनाएको छ।

त्यसैगरी, अनुसन्धान परिषद्ले ३० साउनमा सूचना जारी गर्दै विभिन्न पदका लागि ४६ जना कर्मचारीको माग गरेको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा परिषद्को नाम उल्लेख गरिएको छैन। तर, सरकारी निकाय भएको हुँदा कर्मचारी नियुक्त प्रक्रिया मन्त्रालयको निर्देशन विपरित गर्न लागेको स्पष्ट देखिन्छ।

परिषद्समेत करार विज्ञापन गर्दा लोकसेवा आयोगले तोकेको विधि प्रक्रिया र संलग्नतामा गर्नुपर्नेमा विद्यमान कानूनी प्रक्रियाको ख्याल नगरेको अधिकारीहरु बताउँछन् ।

जसअन्तर्गत वरिष्ठ अनुसन्धान परिषद्मा ३, अनुसन्धान अधिकृतमा २२, सहायक अनुसन्धान अधिकृतमा १०, लेखा अधिकृतमा २ जना कर्मचारीको माग गरेको हो।

त्यसैगरी, प्रशासन अधिकृतमा २, कम्यिुनिकेसन अफिसर १, कार्यालय सहायक २, लेखा सहायक २, भण्डारण सहायक १, प्राविधिक सहायक १ जनाको माग गरेको छ।
परिषद्ले सूचना जारी भएको १० दिनभित्रमा दरखास्त दिइसक्नु पर्ने र परीक्षाको किसिम लिखित र मौखिक हुनुपर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय