सरकारी चिकित्सक संघ नेपालको चौथो निर्वाचन आगामी शनिबार

सरकारी चिकित्सक संघ नेपाल (गोदान) को चौथो साधारणसभा र निवार्चन साउन १० हुने भएको छ।  बिहान ९ बजेदेखि ५ बजेसम्म राष्ट्रिय ट्रमा सेन्टरको हलमा संघको नयाँ कार्यसमितको लागि मतदान हुने निवार्चन समितिले जनाएको छ।

संघका अनुसार १० गते ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। ११ देखि १२ बजेसम्म उम्मेदवारी फिर्ता तथा दावी–विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रशासन हुनेछ।

निर्वाचन समितिले अनलाइन फारम भरी आधारिक परिचयपत्र भएका व्यक्ति मतदाता हुन पाउने जनाएको छ।  संघको आधिकारिक सदस्यता लिएका र आधिकारिक सदस्यता लिएका र आधिकारिक परिचयपत्र भएका व्यक्तिहरुले मात्र मतदान दिन पाउँछन्।

प्रमुख निर्वाचन अधिकृत डा रुद्रप्रसाद मरासिनीका अनुसार अनलाइन फारम नभरेका सदस्यले भौतिक उपस्थित भई मतदान गर्न पाउने छन्।
साझँ ५ गतेभित्र नयाँ कार्यसमितिको घोषणा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय