गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय नाघेको छ। आइतबार बिहान १२ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय दुई पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लमजुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना छन्। त्यस्तै लमजुङको मध्यविन्दु नगरपालिकाका दुई, बेशीशहर, राइनास, दुधपोखरी र सुन्दरबजारका एक–एक जना छन्।

गण्डकी प्रदेशमा संक्रमितमध्ये ९ सय ३८ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक–एक जना छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय