विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो, यी हुन् सक्रमित उच्च रहेका देश

विश्वमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढिरहेका छन्।

कोरोनालाई रोकथामका लागि विभिन्न उपाय अबलम्ब्न गरे पनि अझै खोप बनिसकेको छैन। फलतः कोरोना निर्मुल कहिले हुन्छ भनेर यकिन छैन।

यद्यपि विश्वका वैज्ञानिक यसैको खोज अनुसन्धानमा लागेका छन्।

विश्वसमा कोरोना संक्रमितको संख्या १ करोड ४४ लाख २२ हजार ९१ पुगेको छ। तीमध्ये ६ लाख ४ हजार ८ सय १८ जनाको मृत्यु भइसेको छ।

संक्रमितमध्ये ५९ हजार ९ सय १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। कुल संक्रमितमध्ये ८६ लाख ११ हजार १ सय ९९ जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित ६ देशको अवस्था

अमेरिका
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो। अमेरिकामा कोरोनाका कारण १ लाख ४० हजार १ सय ३ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ३७ लाख ६ हजार ९ सय २७ पुगेको छ।

ब्राजिल
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ हजार ७ सय ७२ पुगेको छ। २० लाख ७४ हजार ८ सय ६० जना संक्रमित छन्।

भारत
कोरोनाबाट प्रभावित देशको तेस्रो नम्बरमा भारत छ। भारतमा कोरोनाका कारण २६ हजार २ सय ७३ जनाको ज्यान गएको छ। १० लाख ३८ हजार ७ सय १६ जना संक्रमित छन्।

रुस
रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ सय २८ पुगेको छ। ७ लाख ६४ हजार २ सय १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा कोरोनाका कारण ४ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ भने ३ लाख ५० हजार ८ सय ७९ जना संक्रमित रहेका छन्।

पेरु
पेरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ९८ पुगेको छ। ३ लाख ४९ हजार ५ सय जना संक्रमित रहेका छन्।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय