समायोजन टुंगिएको स्वास्थ्यको दावीमा महालेखाको प्रश्न – ‘५ हजार स्वास्थ्यकर्मी कहाँ छन् ?’

 

साउन ३–स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया टुगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबीमा संवैधानिक निकाय महालेखा परीक्षकको कार्यलयले प्रश्न उठाएको छ ।

अहिले पनि स्वास्थ्य सेवाका ४ हजार ९ सय ३४ जनाको पद रिक्त दरबन्दी भएको वा समायोजन भए वा नभएको भन्ने विषयमा महालेखा परीक्षकको कार्यलयले प्रश्न उठाएको हो ।

संघ, प्रदेश, र स्थानीय तह अन्तर्गत ३१ हजार ६५१ दरबन्दी रहेका छन्। तर, समायोजन २६ हजार ७ सय १७ जनाको मात्र भएको र ३२६ जना कर्मचारी फाजिलमा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

समायोजन गरिएका स्वास्थ्य संस्थामा कतिपय कर्मचारी कार्यस्थलमा उपस्थित नभएको पाइएको छ। यस वर्ष समायोजन कार्यको लागि कार्यालय व्यस्थापनलगायतका कार्यमा रु १ करोड ७ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समायोजनको उल्टो असर, कर्मचारी कार्यस्थलमा उपस्थित भएन
स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया थालिएको डेढ वर्ष बितिसकेको छ । गत वर्षको पुसदेखि सुरु गरिएको समायोजन अझै टुंगो पुग्न नसकेको कर्मचारीको भनाई छ। तर, स्वास्थ्य सेवाका सबै कर्मचारीको एकपटक समायोजन गरेको मन्त्रालयको दावी छ।

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्रमा उल्टो असर निम्त्याएको छ। विकट क्षेत्रका गाउँपालिका स्वास्थ्यकर्मीविहीन बनिरहेका पाइएको छ।

समायोजन क्रममा कतिपय स्वास्थ्य संस्थामा दरबन्दीभन्दा बढी तथा कतिपय निकायमा दरबन्दी भन्दा न्युन कर्मचारी समायोजन भएकोले स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ, महालेखा प्रतिवेदनमा भनिएको छ,‘ समायोजन गरिएका कतिपय कर्मचारी कार्यस्थलमा उपस्थित नभएकोले सेवा प्रवाहमा असर परेको छ।’
स्वास्थ्य संस्थाको सबैजसो दरबन्दी खाली हुँदा स्थानीय स्वास्थ्यसेवाबाट वञ्चित भएका छन्।

मन्त्रालय भन्छ– सबैको समायोजन गरेका छौ
समायोजनमा घरपायक तथा आफूले चाहेको स्थान रोज्न दिइएपछि अधिकांश कर्मचारीले सुगम रोज्दा विकट क्षेत्रमा स्वास्थ्यकर्मी अभाव हुन पुगेको मन्त्रालयका सह–सचिव रधुराम विष्ट बताउँछन्।

एकपटक सबै कर्मचारीको समायोजन भएको र त्यसमा चित्त बुझ्न नसेका केहि संख्याको गुनासो सम्बोधन हुन बाँकी रहेको विष्टको भनाई छ ।‘स्वास्थ्य सेवाका कर्मचारी हिजोका दिनमा घरपायक जागिर खाए। आज पनि त्यहि कार्यलयमा जागिर खान खाज्नुभएको छ, उनले भने,‘ समायोजनले मानिसहरुलाई विभाजन गरेसँगै एक ठाउँको मानिसलाई अर्को स्थानमा पुर्याएको छ।’

कोरोना भाइरस (कोभिड १९) संक्रमण रहेसम्म हाल कार्यरत स्थानमै रहनको लागि मन्त्रालयले आग्रह गरेको छ। पर्याप्त अध्ययन र तयारीविना सतही रूपमा समायोजन गरिँदा एकातिर कर्मचारीले अनावश्यक दुःख पाएका छन भने अर्कोतर्फ समायोजन त्रुटि भएका कर्मचारीको व्यवस्थापन जति पछि भयो उति नै जटिल बन्दै गएको छ ।

‘कर्मचारीले आफूलाई पायक नहुजेञ्लसम्म समायोजन नटुगिंएको भनिरहन्छन्, सह–सचिव विष्टले भन्छन्,‘ उहाँहरुलाई जब चित्त बुझदैन तबसम्म विभिन्न गुनासो आइरहन्छ।’

सबैको एकपटक समायोजन भएको उनले दाबी गरे। केहि कर्मचारीको गुनासो अझै पनि सम्बोधन हुन नसकेको सहसचिव विष्टले स्वीकार गर्छन।  समायोजनले गर्दा मर्कामा परेका १ हजार ५ सयको हाराहारीमा अझै गुनासो सम्बोधन हुन नसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय