स्टाफ नर्स २० वर्षदेखि एउटै तहमा! दुर्गमको विकल्प नहुँदा स्तरवृद्धि रोकियो

केही दिनअघि स्वास्थ्य मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसँग समस्या सुनाउदै नर्स

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

साउन २– स्वास्थ्य सेवा नियमावलीले तोकेको दुर्गम क्षेत्रमा सेवासम्बन्धी सर्त पूरा नगरेका कारण लामो समयदेखि स्तरवृद्धि नपाएका नर्सहरूले अन्यायमा परेको जनाएका छन् । उनीहरूले निश्चित मापदण्ड बनाएर स्तरवृद्धिमा समेट्नुपर्ने माग गरेका छन् ।

स्वास्थ्य ऐन जारी (०५३) सँगै लोकसेवामार्फत् पाँचौं तहबाट सेवा प्रवेश गरेका स्टाफ नर्सहरूबीचमा जनआन्दोलनपछि ०६४ सालमा अन्य कर्मचारीसँगै एक तह स्वतः बढुवा पाएर छैटौं भएका थिए ।

त्यसयता स्वास्थ्य सेवा ऐनअनुसार योग्यता पुगेकाहरू प्रत्येक वर्ष स्तरवृद्धि भइरहे पनि राजधानी र सहरी क्षेत्रका ठूला अस्पतालमा काम गरेका ५ सय हाराहारीमा नर्स भने स्तरवृद्धिबाट वञ्चित हुँदै आएका छन् ।

नर्सलाई अन्याय भएको भन्दै सकारात्मक पहलको माग गर्दै सरकारी सरकारी नर्सिङ संघ  (गोनार) र नेपाल नर्सिङ एसोसिएसनका पदाधिकारीले केही दिनअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

सरकारी नर्सिङ संघकी उपाध्यक्ष रमिला चौलागाईंका अनुसार दुर्गममा पर्याप्त दरबन्दी नभएको र विशिष्टीकृत सीपका कारण ठूला अस्पतालमै आवश्यक परेर सुगममा सेवा गरेका कारण नर्सहरू पीडित हुने अवस्था आएको हो । ‘छैटौं तहका नर्सको दरबन्दी तल प्राथमिक केन्द्र र जिल्ला अस्पतालसम्म छ,’ उनले भनिन्, ‘सबैले जान खोजेर पनि अवसर पाएनन्, फेरि ठूला अस्पतालमा रहँदा पनि शल्यकक्ष, आइसियु, डायलासिसमा विशिष्ट सेवा गरेरै बसेका हुन् ।’

उनले २०५३ सालदेखि नै आठौं तहभन्दा तलका स्वास्थ्यका कर्मचारी र त्यसमा सरकारी स्टाफ नर्स अन्यायमा परेको बताइन् । उनले ०४५/४६ सालदेखि ०५४ सालमा लोकसेवाबाट स्टाफ नर्स पाँचौंबाट सेवा प्रवेश गरेका बढी अन्यायमा परेको दाबी गरिन् ।

‘दुर्गम र अति दुर्गममा जान नपाए पनि सुगममा १५–२० वर्ष काम गरेको माथि विभेद भइरहेको छ,’ उनले थपिन् । उनले दुर्गम गएका र नगएकालाई एउटै मापदण्ड हुन नसके पनि निश्चित वर्ष पूरा गरेपछि स्तरवृद्धिका लागि योग्य हुनुपर्ने बताइन् ।

स्वास्थ्यसेवा ऐनअनुसार प्रत्येक ६ महिनामा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गर्ने व्यवस्था छ । यसअघि प्रत्येक वर्ष पौष र साउन महिनामा स्तरवृद्धिका लागि योग्यतासहित दाबी पेस गरेका कर्मचारीको नियमानुसार स्तरवृद्धि गर्ने गरिएको थियो ।

स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्यका कर्मचारीले सेवा अवधिभर बढीमा २ पटक स्वतः स्तरवृद्धिको सुविधा पाउँछन् ।

नियुक्ति तथा बढुवाको ५ वर्ष पूरा गरेको र त्यसअन्तर्गत दुर्गम क्षेत्रमा कम्तीमा २ वर्ष सेवा गरेको या अति दुर्गम क्षेत्रको हकमा कम्तीमा १ वर्ष सेवा गरेका कर्मचारीले स्तरवृद्धिका लागि दाबी पेस गर्न सक्छन् ।

यसरी कर्मचारीले निवेदन दिएर तोकिएको सर्त पूरा गरेको पाइएमा उसको स्तरवृद्धि गर्ने व्यवस्था छ ।

स्तरवृद्धिका लागि वर्षमा दुईपल्ट आवेदन खोल्ने गरिएको छ । त्यसैगरी, एकपल्ट स्तरवृद्धि भएको कर्मचारीको माथिल्लो शैक्षिक योग्यता पूरा गरेको अवस्थामा तोकिएको क्षेत्रमा उल्लेखित अवधि सेवा गरेपछि दोस्रोपटक स्तरवृद्धि हुने प्रावधान छ । ‘रिस गरेको त हैन, अनमी, अहेब साथीहरू पनि पद, नामसहित पदस्थापन पाएर सातौं तहसम्म पुगिसक्नुभएको छ,’ उनले भनिन् ‘दुर्गमसम्बन्धी प्रावधान पूरा नगरेकै कारण शैक्षिक योग्यता बिएन/एमएन गरिसकेकाहरू पनि एउटा तहमा सीमित हुनुपर्दा नैराश्यता बढेको छ ।’

One thought on “स्टाफ नर्स २० वर्षदेखि एउटै तहमा! दुर्गमको विकल्प नहुँदा स्तरवृद्धि रोकियो

  1. kaamlai bhanda star ko mahatwa badyo. star hoina sewa badhaau. sthai karmachari ghataau sewa karar badhau tyo pani pratek lai 2 barsha bhanda badhi sewa kararma nalagau kinaki ti jyada sakshyam chainan.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय