‘वीरमा ४ घण्टा पनि बस्दैनन् चिकित्सक’

नेपालकै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीरमा चिकित्सकले दैनिक ४ घण्टा पनि समय नदिने गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७७ अनुसार वीर अस्पतालमा कार्यरत २६ चिकित्सकले २०७५ श्रावण महिनामा औसतमा ४ घण्टा मात्र अस्पतालमा बिताएको पाइएको हो।

श्रावण महिनाको विघुतीय हाजिर परीक्षण गर्दा महिनामा ९३ देखि १ सय ४३ घण्टामात्र उपस्थित भएको देखिएको महालेखाले जनाएको छ।

जब कि, सामान्यत अस्पतालको ड्युटी समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुनुपर्ने हो।

राजधानीमा रहेको सरकारी अस्पतालको यो अवस्थाले सर्वसाधारणको उपचार गर्ने थलो अव्यवस्थित बन्दै गएको प्रष्ट पारेको छ।

अधिकांश चिकित्सकहरू सरकारी अस्पतालमा समय दिनेभन्दा पनि प्राइभेट क्लिनिकतर्फ आकर्षित बन्दै गएकोले सर्वसाधरणको उपचार प्रभावित बन्दै गएको पाइएको छ।

अस्पतालमा उपचारसम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारणले सामान्य उपचारको लागि ३–४ घण्टासम्म कुर्नुपर्ने, एम.आर.आई, तथा सिटी स्क्यानको सेवा समयमै उपलब्ध नहुने विद्यमान समस्या कायम नै रहेको छ।

उपकरण र आवश्यक चिकित्सकको अभावमा न्युरो हाडजोर्नी जस्ता शल्यक्रियाको लागि बिरामीले ३ महिनासम्म कुनुपर्ने अवस्था रहेको महालेखाको प्रतिवेदनले जनाएको छ।

दरबन्दीभन्दा बढी कर्मचारी

अस्पतालमा मेडिकल अफिसर, नर्स, पारामेडिक्स तथा प्रशासनिक पदमा १ सय ७८ कर्मचारीको दरबन्दी रहेको छ। तर, २७५ जना कर्मचारी नियुक्त गरी दरबन्दीभन्दा ९७ बढी कर्मचारीको तलब भत्ता लगायत अस्पताल सुविधासमेतमा ३ करोड ८२ लाख ११ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गरेबाट सञ्चालन खर्च वृद्धि भई नेपाल सरकारको माथि व्ययभार बढ्न गएको प्रतिवेदनमा उल्लेख छ।

अस्पतालाई व्ययभार पर्ने गरी दरबन्दीभन्दा बढी कर्मचारीलाई भर्ना गर्ने पदाधिकारी नै जिम्मेवार हुनुपर्ने महाशाखाको ठहर छ।

One thought on “‘वीरमा ४ घण्टा पनि बस्दैनन् चिकित्सक’

  1. सबै त्यस्त छैनन्। ज्यान फ्यालेर काम गर्ने पनि छन्। हाजिर् गरि नर्सिङ होम धाउने पनि छन्।सेवालाइ जिवन्त राख्ने पनि छन। त्यहि भएर बीर अस्पताल बाचि रहेछ , अनि धेरैलाई बचाइ रहेको छ धन्य छ यो अस्पताल। केहि हप्त अघि बडा हाकिम र कुलपति मिलि ११ हजार प्यकेट नुन (प्रति किलो १५०० किनि) अस्पतालमा बिल् मात्र ल्याई स्टोरमा दाखिला गरि त्यहि दिन् सिध्धाइ ११ हजार प्याकेट नुन् हजम गर्ने पनि छन् बीर मा। पशुपति नाथले सबैको रक्षा गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय