‘कान्तिबाट बेड अभावमा हजारौं बिरामी रेफर’

मुलुककै एकमात्र सरकारीस्तरको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा आईसीयू बेड अभाव भएको छ ।  बेड अभावले उपचारका लागि आएका बिरामीलाई अन्यन्त्र पठाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७७ अनुसार कान्ति बाल अस्पतालमा आईसीयू बेड नुहँदा गत वर्ष १ हजार २ सय १३ बिरामीलाई अन्य सरकारी तथा निजी अस्पतालमा रेफर गर्नुपरेको थियो ।

५२ बेडको आइसीयू बेड भएता पनि ३१ बेडमात्र सञ्चालनमा आएका कारण बिरामीलाई सेवा दिन कठिनाइ भएको प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी, अस्पतालमा शल्यचिकित्सामा १४ महिनासम्म पालो कुर्नपर्ने अवस्था रहेको छ। उक्त तथ्यांकले पनि सरकारी अस्पतालबाट बिरामीले पाउने सेवाको पहँुच दिनानुदिन घट्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय