होमक्वारेन्टाइनमा रहेका ऐश्वर्य र आराध्यालाई अस्पताल सारियो
साउन ३-कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चन र छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । होम क्वारेन्टाइनमै रहेको बेला ऐन्वर्यलाई ज्वरो र घाँटीमा समस्यापछि चिकित्सकहरुको परामर्शमा स्थानीय नानावती अस्पतालमा भर्ना गरिएको हो ।
छोरी आराध्याको पनि दोस्रो पटक कोरोना परीक्षण गरिएको छ। उनको अवस्था सामान्य रहे पनि आमासँगै अस्पताल लगिएको छ।
बलिउड सुपरस्टार अमिताम बच्चन परिवार यतिबेला कोरोनाको सामना गरिरहेको छ । केही दिन पहिले कोरोना संक्रमण पुष्टि भयो।
त्यसपछि परिवारका सदस्यको जाँच गर्दा जया बच्चन बाहेक सबैमा संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अमिताभ र अभिषेक बच्चनलाई नानावती अस्पतालमा भर्ना गरिएको थियो । परिवारका सदस्यको पनि परीक्षण गर्दा जयाबाहेक सबैमा कोरोना देखिएको थियो ।
कोरोना पुष्टि भए पनि ऐश्वर्या र आराध्यामा कोरोनाका कुनै लक्षण नदेखिएकाले घरमै होम क्वारेन्टाइनमा राखिएको थियो।
अस्पतालमा उपचाररत अमिताभ र अभिषेकको अवस्था पनि सामान्य छ।