सावधानी अपनाउनु : भीडभाडमा कोरोना सर्ने जोखिम बढी हुन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै भीडभाड हुने ठाउँमा कोरोना सर्ने जोखिम बढी हुने जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भीडभाड हुने ठाउँमा कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सक्ने जोखिम बढी रहेको बताए।

सार्वजानिक यातायात, कार्यलय र बैंक, अस्पतालमाहरुमा भीडभाड बढ्दै गएको प्रति डा. गौतमले चिन्ता प्रकट गरे।  उपत्यका लगायतका ठुला शहरमा सडकहरुमा दृश्य देख्दा सर्वसाधरणलाई बन्दाबन्दी खुलेको हो कि भन्ने भान पर्ने गएको उनले भने,‘ कोभिड संक्रमणको भन्दा पहिला जस्तै सामान्य अवस्थामा फर्कन समय लाग्छ।’

हामीले ख्याल गर्नुपर्छ कि पुर्ण रुपमा त्यस्तो अवस्था नआउन पनि सक्छ । संक्रमणको संख्या घट्दै गएपनि कोरोनाको जोखिम घट्को छैन. डा. गौतमले थपे। एक अर्को बीच दुई मिटर टाढा बस्ने, पटक–पटक साबुन पानीले हात धुने र भीडभाडमा जाँदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सर्वसाधरणलाई आग्रह गरे।

‘कोरोना विरुद्धको लडाई हाम्रो जारी नै रहेको छ। कोरोनालाई जितिसकेको छैइनौ, डा. गौतम भन्छन्,‘ घर बाहिर निस्कँदा कोरोनाको जोखिमलाई मनन गरी यसबाट बच्ने उपायहरु अबलम्बन गर्न सके मात्र संक्रमणबाट जोगिन सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय