प्रदेश २ मा थपिए २५ जना कोरोना संक्रमित

प्रदेश २ मा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको धनुषा, पर्सा र रौतहटका २५ जनामा संक्रमण पुष्टि भएको हो। २५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१ पुगेको छ।

धनुषाको गणेशमान चारनाथ गरपालिकाका ६, जनकपुरधाम उपमहानगरपालिकाका १ र नगराईन नगरपालिका फुलगामा क्वारेन्टाइनका १ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिकाका १, वीरगंज महानगरपालिकाका १ र पर्सा घरभइ काठमाडौं बस्ने १ जना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ।

यता रौतहटको परोहा नगरपालिकाका ११ र ईशनाथ नगरपालिकाका ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

प्रदेश २ मा कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भएको निर्देशनालयले बताएको छ। सप्तरीमा १, रौतहटमा २, बारामा २ र पर्सामा १ जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ। साथै शुक्रबार ३९ पुरुष र ३ महिलासहित ४२ जना निको भएर घर फर्केको बताइएको छ।

प्रदेश २ मा ४९ हजार ९२० जनाको स्वाब संकलन भएकोमा १ हजार ८२६ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।

यसका साथै प्रदेशमा क्वारेन्टाइनहरू रित्तिने क्रमसमेत जारी छ। २४ हजार १२९ बेड क्षमता रहेको क्वारेन्टाइनमा अहिले २ हजार ८७४ जना रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय