स्वास्थ्य मन्त्रालयको दाबी : उपत्यकामा समुदाय स्तरमा संक्रमण छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको दाबी गरेको छ।  मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा कोरोना समुदाय स्तरमा नपुगेको बताए।

काठमाडौं,भक्तपुर र ललितपुरको भीडभाड हुने विभिन्न स्थानहरुमा परीक्षणको क्रममा ४ हजार ८ सय जनाको नुमना संकलन गरिएकोमा ३ जनामा संक्रमण भेटिएको हो।

संक्रमित देखिएकाम मध्ये २ जना विदेशबाट आएको र ब्युटी पालर व्यवसायमा सरिक रहेको पाइएको छ, डा. गौतमले भने,‘ यो तथ्यांकले पनि उपत्यकाको समुदायमा कोरोना संक्रमण देखिएको छैन।’

यस्तै अन्य विभिन्न तथ्य र प्रमाणहरुले समेत समुदाय स्तरमा संक्रमण छ भन्ने कुरालाई कहिँकतै सहयोग गरेको पाइएको डा. गौतमले थपे।  समुदाय स्तरको परीक्षणमा संंक्रमणको कारणले भीडभाडबाट जोगिनुपर्ने डा. गौतम बताउँछन्।

‘सम्बन्धित व्यक्तिहरुको सावधानि र होसियारी आफू र अरुलाई कोरोनाबाट बच्ने र बचाउन सहयोग हुने तथ्यलाई अझै बल दिन्छ’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय