कर्णालीमा थपिए पाँच कोरोना संक्रमित

कर्णालीमा थप सात जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३३ पुगेको छ।

बिहीबार प्रदेशका विभिन्न आइसोलेसन सेन्टरबाट ५ जना डिस्चार्ज भएका छन्। हालसम्म कर्णालीमा कुल १ हजार ४ सय ९३ जना डिस्चार्ज भएका छन्।

२ सय ३४ जना संक्रमित बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय