मानव अंग प्रत्यारोपण केन्द्रका १६ नर्सको करार थपिएन, मन्त्रालयले व्यवस्थापन गर्ने

साउन २– दरवन्दीमा लोकसेवाबाट स्थायी पदपुर्ति भएसँगै सेवाबाट हट्ने अवस्थामा पुगेका ३५ नर्सलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्र र अन्य ठाउँमा गरेर व्यवस्थापन गर्ने भएको छ ।
तोकिएको ९६ दरवन्दीमा गत बैशाखमै स्थायी पदपुर्ति भएर आएपनि कोभिड–१९ महामारी भएको भन्दै असार अन्तिमसम्म करार अवधि थपिएको थियो ।

नयाँ आर्थिक वर्षसँगै उनीहरुको करार अवधिसमेत सकिएको केन्द्रले जनाएको छ ।

केन्द्रले गत वैशाखबाट उनीको करार नवीकरण गर्न नसक्ने अवस्थामा मन्त्रालयले महामारीका समयमा सबैको करार थप्ने नीति लिएसँगै असार मसान्तसम्म थप गरिएको थियो ।

यो निर्णयले संस्था स्थापना हुँदा ०६९ सालदेखि सेवारत नर्सले समेत जागिर गुम्ने अवस्था आएको भन्दै मानवतका आधारमा मन्त्रालयले केही समयका लागि व्यवस्थापनको नीति लिएको हो ।

केन्द्रकी नर्सिङ निर्देशक कोपिला दाहालकाअनुसार मन्त्रालयकै परामर्शमा सबैभन्दा लामो समयदेखि काम गरेका १८ जनालाई पुस मसान्तसम्मको म्याद थप गरिएको र वाँकी १६ जनालाई मन्त्रालयले नै उचित ठाउँमा व्यवस्थापन गर्ने बचन दिएको छ । ‘उहाँको करार गर्दा नै दरवन्दीमा स्थायी पदपुर्ति भएर आएपछि स्वतः करार सकिने भनिएकै थियो,’ दाहालले भनिन्, ‘महामारीको समयमा मानवीयता हेरेर नै अहिले बैशाखदेखि असारसम्म थपिएको हो,’

उनले सरकारी संस्था भएका कारण स्थायी रुपमा दरवन्दीमा पदपुर्ति भएर आएपछि करार राख्न वा थप्न नमिल्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय