नेपाल मेडिकल कलेजबाट निकालिएका ७१ नर्सलाई काममा फर्काउने सहमति

हेल्थपोस्ट नेपाल
अस्पतालमा केही समयअघि भएको आन्दोलनका फाइल तस्बिर

अस्पताल प्रशासनमा तालाबन्दीलगायतका आन्दोलनपछि नेपाल मेडिकल प्रशासनले निकालिएका स्टाफलाई काममा फर्काउन सहमत भएको छ ।

प्रशासनले असार अन्तिमदेखि ७१ जना कर्मचारी (अधिकांश नर्स)को करार अवधि थप नगरी सेवाबाट हटाएको थियो ।

त्यसको विरोधमा अस्पतालको स्वतन्त्र कर्मचारी ट्रेड युनियानले साउन १ देखि अस्पताल प्रशासनमा तालाबन्दी सुरु गरेको छ ।

अवधि थप नभएकामा ६ महिनादेखि ३ वर्षदेखि काम गरेकासम्म नर्स थिए ।

तालाबन्दीसँगै अस्पताल प्रशासन सबैलाई काममा फर्काउन सहमत भएको युनियान अध्यक्ष किरण केसीले बताए ।

उनले लिखित प्रतिवद्धता आउँनासाथ ताला खोलिने बताए । केसीका अनुसार अहिले अस्पताल विनियामावली अनुसार २ वर्ष अवधि पुगेकाहरुलाई साउनदेखि नै स्थायी गर्ने र अस्थायीलाई काममा फर्काइने सहमति बनेको बताए ।

मेडिकल कलेजका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले कोभिडका महामारीका समयमा संस्था, कर्मचारी र बिरामीको हितमा हुनेगरी काम गर्दा राजनीति भएको बताए । ‘केही ठूलो कुरा होइन् आजै सल्टिन्छ’ उनले भने ।

डा. श्रेष्ठले समस्य ठूलो नभएपनि निर्वाचन आउन लागेकोले कतिपयले राजनीतिसमेत गरेको आरोप लगाए । अस्पतालमा झण्डै ७०० कर्मचारी कार्यरत रहेकोमा ३२४ नर्स छन् ।

अस्पताल व्यवस्थापन र युनियानबीच विभिन्न समयमा भएका सहमति पालना नगरी असार ३१बाट अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाएपछि युनियानले आन्दोलन सुरु गरेको थियो ।

युनियानले महामारीका समयमा अग्रमोर्चामा खटिएका कर्मचारीमाथि अन्याय र अत्यचारविरुद्ध अस्पतालको सम्पूर्ण प्रशासन शाखामा तालाबन्दी गर्न परेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *