धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु, क्वारेनटाइनमा बसेको रेर्कड भेटिएन

प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित गएराति मृत्यु भएको छ।

मृतक सप्तरी राजविराज नगरपालिका-६का ७३ वर्षीय पुरुष हुन्।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको थियो। उनको उपचारकै क्रममा धरानमा मृत्यु भएको हो।

मृतक भारतको विभिन्न व्यापारीक सहरमा व्यापारका लागि आउजाउ गर्ने गरेको बुझिएको छ।

मृतकको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ। मृतक प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो।

शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अहिले समन्वय भइरहेको बताइएको छ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृत्यु हुने व्यक्ति सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय