विश्वमा काेराेना स‌ंक्रमितकाे संख्या एक कराेड ३९ लाख, अमेरिका र भारतमा उच्च संक्रमण

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टामा ७५ हजारबढी नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा ९ सय ४७ जनाको मृत्यु भएको छ।

अमेरिकामा एकैदिन ७५ हजारबढी नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ लाख ९५ हजार २५ पुगेको छ।

मृतकको संख्या १ लाख ४१ हजार १ सय १८ पुगेको छ।

अमेरिकाको यो संक्रमणदर अहिलेसम्मकै उच्च हो।

भारतमा पनि पछिल्लो २४ घन्टामा ३२ हजार ६ सय ९५ जनामा संक्रमण देखिएको छ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय ९ पुगेको छ, भने संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ कायम भएको छ।

ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार ८ सय २२ जना पुगेको छ। संक्रमितको संख्या २० लाख १४ हजार ७ सय ३८ छ।

संक्रमितमध्ये ५९ हजार ९ सय ३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ, भने ८२ लाख ७८ हजार ९ सय ४७ जना निको भइसकेका छन्।

कोरोनाका कारण विश्वभर ५ लाख ९३ हजार ६ सय ९० जनाको मृत्यु भइसको छ। विश्वभर संक्रमितको संख्या १ करोड ३९ लाख ४९ हजार ३ सय ८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय