चिकित्सक संघ चितवनमा डा. सेडाईंको नेतृत्व

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २ गते ९:५३

साउन २ नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लोकबहादुर सेडाईं निर्विरोध निर्वाचित भएका छन् । संघको अधिवेशनको निर्वाचन तालिकाअनुसार मतदानका लागि तोकिएको एक दिनअगावै विहीबार नेतृत्व चयन भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा डा भारतीदेवी शर्मा, उपाध्यक्षमा गुरुशरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कडेल, सहसचिवमा डा. महेन्द्रकुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चौधरी सर्वसम्मत निर्वाचित भएका हुन् ।

शाखाको सदस्यहरुमा डा. रोहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लवराज पौडेल, डा. विवेक कंडेल र डा. किरण देवकोटा निर्वाचित भएका हुन् । नवनिर्वाचित कार्यसमितिलाई हालको कार्यसमितिले शुक्रवार पद हस्तान्तरण कार्यक्रम तय गरिएको छ । नवगठित कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय