ओम्नी खरिदसँग जोडिएका स्वास्थ्य मन्त्रालयमा कार्यरत दुई उपसचिवको सरुवा

विवादित ओम्नी खरिद प्रकरणसँग जोडिएका स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत दुई उपसचिवको सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा कार्यरत उपचसचिव लिलाराज पौडेल र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको खरिद शाखामा कार्यरत गगन विष्टको सरुवा गरेको हो ।

मन्त्रालयका सहसचिव रघुराम विष्टले सरुवाबारे सुनेपनि मन्त्रालयमा पत्र आइनसकेको बताए । पौडेलको रुकुम पूर्व सरुवा भएको छ । उनको स्थानमा हाल धुलिखेलको प्रशासकीय अधिकृतको रुपमा कार्यरत तारा लुँइटेलको सरुवा भएको छ ।
बिचमा केही समयबाहेक डेढ दशकभन्दा लामो समयदेखि स्वास्थ्य मन्त्रालयमै बिताएका पौडेलको सरुवाबाट मन्त्रालयकै अधिकारीहरु आश्चर्यमा परेका छन् ।

यसअघि स्वास्थ्यमन्त्री खगराज अधिकारी र पद्मा अर्याल मन्त्रालयमा हुँदा पनि उनी सचिवालयमै थिए । पार्टी तहमै पकड भएपनि यसपटक पौडेलको सरुवा दुर्गम रुकुम पूर्वमा भएको छ ।

स्वास्थ्य अधिकारीहरुले पछिल्लोपटक पौडेलको स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीसँग सम्बन्ध बिग्रनु सरुवाको कारणको रुपम हेरेका छन् ।

यसअघि स्वास्थ्यमन्त्री खगराज अधिकारी र पद्मा अर्याल मन्त्रालयमा हुँदा पनि उनी सचिवालयमै थिए । पार्टी तहमै पकड भएपनि यसपटक पौडेलको सरुवा दुर्गम रुकुम पूर्वमा भएको छ । कतिपय ओम्नी खरिद प्रक्रियामा तानिनसक्ने देखिएपछि बचाऊँका लागि सरुवा गरिएको हुनसक्ने रुपमा पनि व्याख्या गरेका छन् ।

लामो समय योजना शाखामा बसेका पौडेलको मन्त्रालयका योजना तथा कार्यक्रममा वर्षदेखि पकड राख्थे । बीचमा उनको सरुवा अर्को शाखामा हुँदा उनी लामो समयसम्म अटेरी गरेरै पछि सोही शाखामै फर्केका थिए ।

पौडेल स्वास्थ्यसामग्र खरिद गर्दा ओम्नीसँग मुल्य र परिमाणबारे टुंगो लगाउँने समितिमा थिए । त्यसैगरी गगन विष्ट पनि विभागबाट हुने सबै खरिदको स्पेसिफिकेसन तयार पार्ने समितिमै थिए । दुबै प्रमुख उपसचिवको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हेर्नुहोस् पौडेल सरुवासम्बन्धी पूरानो समाचार लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय