‘संक्रमण कम भएकोले परीक्षण कम’

साउन १–सरकारले पछिल्ला दिनमा कोरोनाको जोखिम र संक्रमण घटेकै कारणले नेपालका आरटी पिसिआर परीक्षण घटेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या घटेको, पोजेटिभ कम भएका कारण कन्ट्रयांक ट्रेसिङसमेत कम भएका कारण परीक्षण घटेको दावी गरे ।
उनले अहिले आवश्यक परेमा दैनिक १० हजारभन्दा बढी नमुना परीक्षण गर्नसक्ने क्षमता रहेको भन्दै अब पनि हवाई वा स्थल मार्गबाट स्वदेश फर्केका सबैको कम्तिमा एकपटक पिसिआर परीक्षण गरिने बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ देखि दैनिक १० हजार परीक्षण गर्ने दावी गरेपछि ५ हजार हाराहारीमा मात्रै परीक्षण हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा ३ हजार नमुना परीक्षण गर्दा ३ जना मात्रै संक्रमित भेटिएको भन्दै संक्रमण दर घटेकोले नै परीक्षण घटेको दावी दोहोर्याए ।
‘२ हप्ताअघिसम्म पिसिआर पोजेटिभिटी ९/१० प्रतिशतबाट घटेर २/३ प्रतिशतमा झरेको छ’ उनले भने ।

उनले सार्कको तुलनामा परिक्षण दर अफगानिस्थान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भारतभन्दा अगाडी र १० लाख जनसंख्यामा मृत्युदरमा बंगलादेश, भारत, माल्दिभ्स, आफगानिस्तान, पाकिस्तान र माल्दिभ्सभन्द कम भएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय