चिकित्सा शिक्षा नियमावली मन्त्रीपरिषद्बाट पारित

साउन १- वहुप्रतिक्षित चिकित्साशिक्षा नियमावली २०७७ मन्त्रीपरिषद्बाट पारित भएको छ । ऐन जारी भएको करिव १७ महिनापछि मन्त्रीपरिषद्बाट नियमावली पास भएको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बताए ।

संघीय संसदबाट पास भएको ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भई २०७५ फागुन १० मा जारी भएको थियो । ऐनअनुसार २०७६ भदौ २६मा आयोगका उपाध्यक्षको नियुक्ती भएको थियो ।

यसबीचमा आयोगका चार निर्देशनालयसहितका संरचना बनेर काम सुरु भइसकेको छ । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले नियमावलीसँगै आयोगलाई पूर्ण रुपमा काम गर्न सहज अवस्था आएको बताए । ‘हामी अन्तरिक रुपमा सिट निर्धारण, साझा प्रवेश परीक्षा संचालनलगायतका विषयमा गृहकार्य गरिसकेका छौ’ उनले भने, ‘नियमावली पनि आयो अब सबै अगाडी बढ्छ,’ उनले भने ।

डा. गिरीले पछिल्लोपटक वहसमा रहेको पिजी सिटमा आयोगले नियमावलीमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत सरकारी र १० प्रतिशत विदेशीका लागि छुट्याउँने प्रस्ताव गरेकोमा नियमावलीमा के आएको छ जानकारी नभएको बताए ।

‘यसमा बिचमा परिमार्जन भएको कुरा आएको थियो, अन्तिममा के राखियो जानकारीमा छैन्’ उनले भने ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी भएसँगै पहिलो पटक चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरूको आयोगबाटै सिट निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ।

यसअघि सम्बन्धन दिने विश्वविद्यालय र मेडिकल काउन्सिलको संलग्नतामा अन्तिम सिट निर्धारण हुने गथ्र्यो।

सुरुमा निरीक्षण प्रतवेदनका आधारमा फ्याकल्टी बोर्डबाट सिफारिस गर्ने र त्यसकै रिपोर्ट तथा आफ्नै निरीक्षण प्रतिवेदनलाई पनि आधार बनाएर नेपाल मेडिकल काउन्सिलले अन्तिम स्वीकृति दिने चलन थियो।

२०७५ फागुन १० मा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १७ मा रहेको अधिकार प्रयोग गर्दै आयोगले सिट निर्धारणका लागि कलेजमा निरीक्षण सुरु गरिसकेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय