२४ घण्टामा १६७ संक्रमित थपिए, ६४.८५ प्रतिशतले जिते भाइरस

साउन १– वैश्वीक कोरोना भाइरस रोग (कोभिड १९) महामारीका नेपालका गत २४ घण्टामा १६७ संक्रमित थपिएका छन् । विभिन्न २७ प्रयोगशालामा भएका ४ हजार ९ सय ८१ परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेको संख्या घटेसँगै संक्रमितको संख्या पनि उल्लेख्य रुपमा घट्दै गएको हो । भोजपुर, मोरङ, हुम्ला मुस्ताङ र मनाङ शुन्य संक्रमित जिल्ला बनेका छन् ।

त्यसैगरी महोत्तरी, रौतहट, पाल्पा र बाजुरा ५०० भन्दा बढी एक्टिभ केस भएका संक्रमित छन् ।

मन्त्रालयले हालसम्म क्वारेन्टाइनमा २३ हजार ५०० रहेको, आइओलेसनमा रहनेको संख्या ६ हजार ५६ रहेको छ ।

कुल संक्रमितको ६४दशमलव ८५ प्रतिशत अर्थात ११ हजार २सय ४९ घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय