पछिल्लो २४ घन्टामा थपिए १६७ कोरोना संक्रमित

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणदर घट्दो अवस्थामा छ। बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन्।

देशभर ६ हजार ५६ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। बुधबार पुष्टि भएकासँगै देशभर १७ हजार ३ सय ४४ जना संक्रमित रहेका छन्।

बुधबार देशका क्वारेन्टाइनमा २३ हजार ५ सयजना रहेका छन्। देशभरबाट पछिल्लो २४ घन्टामा २ सय १३ जनाले संक्रमण जितेका छन।

कुल संक्रमित मध्ये ६४.८५ प्रतिशत निको आजसम्म घर फर्किएका छन्। हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय