सरकारी चिकित्सक संघको चौथो साधारणसभा साउन १० गते हुने

सरकारी चिकित्सक संघ(गोदान)को चौथो साधारणसभा साउन १० गते शनिबार हुने भएको छ । कोरोना महामारीलगायतका कारणले फागुनमा तय भएको साधारणसभा स्थगित भएको थियो ।
संघको निर्वाचनमा मतदान अनलाइन प्रक्रियाबाट सहभागी हुन सकिन्छ ।

अधिवेशनका लागि डा. रुद्रकुमार मरासिनीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

समितिका अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सरकारी चिकित्सक सूचीमा नाम भई संघको सदस्यता लिएका चिकित्सकहरु यसका सदस्य हुनेछन् । अनलाइन दर्ता नभएकाहरुले भने तोकिएको मत केन्द्रमा भौतिक रुपमा उपस्थिति भएर मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय