स्वास्थ्यकर्मी/कर्मचारीको स्वाब संकलन अनुमति दिन ठूला अस्पताल र बैंककै आनाकानी, ढाकछोप प्रयास

उपत्यकाभित्रसमुदायमै संक्रमण पुष्टि भएर संक्रमितको संख्या बढ्दै जाँदा पनि ठूला अस्पताल नै नमुना संकलनमा सहयोगी बनेका छैनन् । समुदायस्तरमा संक्रमणको अवस्था यकीन गर्नका लागि सरकारले देशभरका सार्वजनिक कार्यलय तथा बढी भीडभाड हुने क्षेत्रबाट नमूना संकलन गरेर परीक्षणको नीति बनाएमा निजी अस्पताल र बैंकहरुसमेत असहयोगी देखिएका हुन्

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार राजधानीकै ठूला अस्पताल मेडिसिटी, ओम, मेडिकेयर, ग्रीनसिटी, नेपाल क्यान्सर अस्पताल हरिसिद्धी, अल्का अस्पताललगायतमा नमूना संकलन गर्न आनकानी गरेका छन् । सबैजसो ठूला बैंकले पनि कर्मचारीको नमूना परीक्षण गर्न दिन आनाकानी गरिरहेका छन् ।

अस्पतालले संक्रमित देखिएको अवस्थामा पनि अस्पतालको ठेगना नदिएर बसोबास ठेगनामात्रै सार्वजनिक गरिदिन महाशाखालाई दबाब दिने गरेका छन् ।

‘कि सरकारले नीति बनाएर अस्पताहरु सबैमा गर्नुपर्छ अन्यथा संकलन गरेर पोजेटिभ देखिए के गर्ने भन्छन्’ इडिसिडीका एक अधिकारीले भने, ‘अस्पतालका संचालकमै यो त्रास र भ्रम भएपछि रोग रोकथाममै कठीनाई हुन्छ।’

नाम उल्लेख गर्न नचाहाने ती अधिकारीका अनुसार मेडिसिटी अस्पतालले नै ‘के देखिए के गर्ने बिरामी आउँदैनन’ भनेर नमुना संकलन गर्न नै अनुमति दिएको छैन् । लडकाउनका समयमा पनि नियमित ओपिडी चलाइरहेपनि अस्पतालले ज्वरोका बिरामी भने सरकारी अस्पतालमा रेफर गर्दै आएको छ ।

मेडिसिटीमा ठूलो संख्यामा कर्मचारी र चिकित्सक कार्यरत रहेपनि हालसम्म विभिन्न बिरामीसँग कन्ट्रयांक टेसिङका आधारमा ७० जनाको नमूना परीक्षण मात्रै गर्न दिएको छ ।

अधिकांश संक्रमित लक्षण नै देखिएको र उपत्यकामा पनि कतैको पनि ट्राभल हिड्रीसमेत नभएका केसीसमेत देखिएको अवस्थामा अस्पताल बढी जोखिम क्षेत्र मानिन्छ ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, कुनै अस्पतालको नाम लिएर अनुमति दिएन भन्न नमिल्ने भन्दै समुदायमा संक्रमण खोजी गर्न गरिने परीक्षणलाई भने सबैले सहज रुपमा लिनुपर्ने बताए ।

‘नमुना लिएर भाइरस देखियो भने त झन् सबैको परीक्षण गरेर निसंक्रमण हुने र फेरी सहज अवस्थामा फर्काउन सकिन्छ’ उनले भने, ‘समुदायलाई महामारी जोगाउँन सार्वजनिक र बढी जमघट हुने क्षेत्रको परीक्षण गर्न जरुरी ‘समुदायलाई महामारी जोगाउँन सार्वजनिक र बढी जमघट हुने क्षेत्रको परीक्षण गर्न जरुरी छ’

महाशाखाले काठमाडौमा कन्ट्रयांक हिड्री नभएका १२ संक्रमित भेदिएपछि सम्बन्धित क्षेत्रका ४ हजार भन्दा बढी व्यक्तिका नमुना संकलन गरेर परीक्षण गरेको थियो । जसमा कुनै लक्षण पनि नभएका र घरमै बसिरहेका ३ जनामा संक्रमण भेटिएको थियो ।

सरकार देशभरका लकडाउन र लकडाउन खुलुलो भएपनि आवतजावत बढेका कार्यलय, अस्पताल, सार्वजनिक क्षेत्र, स्टोर र पसल संचालन गरेकाहरुलगायतका क्षेत्रबाट ४५ हजार नमूना परीक्षण गर्ने जनाएको छ । अहिले अस्पतालहरु नै यसमा बाधक देखिएपछि सरकारको योजना कार्यन्वयनमा संकट देखिएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २४४, ललितपुरमा ७६ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालहरुमा झन् जोखिम रहन्छ । महाशाखाका अनुसार हालसम्म निजी क्षेत्रका ह्याम्स र स्टार अस्पतालले संक्रमितलाई भर्ना लिइरहेपनि अन्यले भने संक्रमण पुष्टि हुनासाथ रेफर गरिरहेका छन् ।

हालसम्म सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, गंगालाल ह्दय केन्द्र, कान्ति अस्पताल, नेपाल प्रहरी, विरेन्द्र अस्पताल छाउनीसँगै निजी क्षेत्रका दर्जनभन्दा बढी अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निजी क्षेत्रका ह्याम्स, बयोधा, ग्रान्डी, हरिसिद्धी क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अल्का अस्पताल, इशान, केएमसी, एनएमसी, ईशान, दीघार्यु गुरु, चिरायु, न्युरो अस्पताल र समाज डेन्टलका समेत कर्मचारी/बिरामीमा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लोपटक समाज डेन्टल अस्पतालमा कार्यरत एक कर्मचारीसँगै, मंगलबार कान्ति र त्रिवि शिक्षण अस्पतालका एक/एक जनामा कोरोना पुष्टि भएको थियो ।

यी अस्पतालहरुमा पुष्टि भएका संक्रमितसँगको प्रत्यक्ष कन्ट्रयांकमा आएकाहरुको परीक्षण गरिरहेका छन् । गंगालालमा भने, एकैपटक २०० जनाको नमूना परीक्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय