‘सावधानी अपनाउनुहोस्, लक्षण नभएका व्यक्तिबाट संक्रमण सरिरहेको हुनसक्छ’

कोरोना भाइरसको लक्षण नदेखिएका मानिसले अन्य व्यक्तिमा संक्रमण सार्ने भएका कारण विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

कोरोना संक्रमित व्यक्तिमा लक्षण देखा परेपछि वा लक्षण देखा पर्नुभन्दा केही दिन अघिदेखि नै व्यक्तिको लामो समयसम्म सम्पर्कमा रहेमा भाइरस सर्नसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

लक्षण देखा पर्ने वा नपर्ने व्यक्तिले पनि अन्य व्यक्तिमा भाइरस सार्ने भएका कारण जतिसक्दो चाँडै पहिचान गरेर परीक्षणको दायरामा आउनुपर्ने डा. गौतमको भनाइ छ।
कोरोना भाइरस नयाँ रोग भएकाले यससम्बन्धी दिनहुँ विभिन्न अध्ययन भइरहेको नयाँ तथ्य बाहिर आएको उनी बताउँछन्।

‘संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यिूँ गर्दा, बोल्दा, थुक र श्वासप्रश्वासबाट निस्कने तरल पदार्थको छिटाबाट संक्रमण सर्ने सम्भावना बलियो हुन्छ,’ डा. गौतमले भने, ‘संक्रमणबाट बच्नका लागि मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नुहोस्।’

सकेसम्म घर बाहिर ननिस्कने र बाहिर जानै परेको खण्डमा मन्त्रालयले तोकेको मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरे। संक्रमणबाट बच्न र बचाउनका लागि एकअर्कोबीच २ मिटर टाढा बस्ने, भीडभाडमा निस्कँदा अनिवार्य रूपमा माक्स प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने जस्ता क्रियाकलाप अपाउन डा. गौतमले सुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय