कोरोना संक्रमणबाट रौतहटमा एक पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार रौतहटको पराहा नगरपालिका– ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो।

उनका परिवारका सदस्य कोभिड १९ बाट मृत्यु भएको दाजुको अन्तिम संस्कारको लागि भारत गएका थिए।  अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाइ असार २४ देखि रौतहटको क्वारेन्टिनमा राखिएको थियो ।

असार २९ गते रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । २९ गते नै स्वाब संकलन गरिएपनि  बुधबार कोरोना पुष्टि आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

आज बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।  यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय