कोरोना रोकथाममा रहेका स्वास्थ्यकर्मीको करार अवधि थप गर्न मन्त्रालयको निर्देशन
कोरोना भाइरस ( कोभिड १९)को रोकथाम, नियन्त्रण र उपचारको लागि विभिन्न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा करारमा नियुक्त गरेका चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई करार समय थप गरेको हो।
असार २९ गतेको मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार देशभरका केन्द्रीय १६ अस्पतालका राखिएका स्वास्थ्यकर्मीलाई पौष मसान्तसम्म राख्नको लागि निर्देशन दिएको छ।