असन्तुष्ट संगठनलाई ‘नर्मलाइज’ गर्ने स्वास्थ्यमन्त्रीको रणनीति !

असार ३१– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाकक्षको दुबैतर्फ स्वास्थ्यकर्मीका पेशगत एवं ट्रेड युनियानका पदाधिकारी बसेका छन् । अघिल्लो तर्फ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल एक्लै बसेका छन् । संगठनकहरुका अध्यक्ष एवं पदाधिकारीहरुले पालैपालो आफ्ना विषय राखे ।

कोरोना महामारीबाट आक्रान्त बनेको देश र त्यसको सामाना गरिरहेका स्वास्थ्यकर्मीसँग विषयको कमी हुने कुरै थिएन् । केही दिनअघि स्वास्थ्य क्षेत्रका १४ वटा संगठनले बुझाएका ज्ञापनपत्रको प्रतिक्रिया स्वारुप मन्त्री आफैले सबै संगठनका प्रतिनिधिलाई मन्त्रालयमा छलफलका लागि बोलाएका थिए ।

सो क्रममा उपस्थित भएका मध्ये आठ संगठन र केही ६ ट्रेड युनियानका केही प्रतिनिधिले बोल्न पाए । केहीका कुरा सुनेपछि मन्त्रीले छलफललाई विषयलाई टुंग्याउन खोजे । जोसिएर प्रस्तुत भएका संगठनका नेता तथा पदाधिकारीलाई मन्त्रीको संवोधनको ब्याग्र प्रतिक्षा थियो ।

तर उनी मुल विषयमा प्रवेश नै गरेनन् र स्वास्थ्य क्षेत्रा समस्यामा प्रवेश गरे । मुल विषयमा उनले भने–‘म तपाईहरुको माग र समस्याप्रति सकारात्मक छु, मैले यसलाई गम्भीर ढंगमा लिएको छु,’ मन्त्रीले बोल्दै अगाडि बढे । बरु उनले भेटका लागि प्रयात्न गरेका स्वास्थ्यकर्मीलाई भेट्न नपाएको विषय उप्काए । ‘साथीहरु कसैले भेट्न पाउनु भएको छ कसैले भेट्नै पाएनौ भन्नुहुन्छ’ उनले भने, ‘म विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मन्त्रालयमै छु, अधिकांश समय भेटघाटमै जान्छ र पनि यस्तो गुनासो किन आइरहन्छ बुझ्न सकेको छैन्’।

उनले मन्त्रालयमा थुपै वेथिती रहेको र त्यसको समाधानको प्रयास सुरु गर्दा नै कोरोना महामारी सुरु भएको भन्दै अन्य विषयमा ध्यान दिन नपाएको वहाना बनाए । स्वास्थ्यकर्मी नेताहरुले मुख्य रुपमा समायोजन, विचाराधिन संघीय निजामती ऐनलगायतका विषयमा मन्त्रीसँग ठोस जवाफको अपेक्षा राखेको नेपाल स्वास्थ्यकर्मी युनियानका अध्यक्ष उज्वलकुमार शर्माले बताए ।

तीबाहेक कोभिड १९ को महामारीमा अग्रमोर्चामा रहेर लडिँरहेका स्वास्थ्यकर्मीको ज्यान तलामाथि भएमा राज्यको सोच र व्यवहार के हुने, सबै स्वास्थ्यकर्मीले जोखिम भक्ता पाउने कि नपाउँने भनेजस्ता विषयमा आफ्ना अविभावक मन्त्रालयका नेतृत्वसँग अपेक्षा राख्नु अन्यथा पनि थिएन् ।

सुरुमा जोखिम भक्ताका सन्दर्भमा स्वास्थ्यकर्मी संगठनहरु आन्दोलनको तयारीमा रहेकै बेला मन्त्रीले नेकपा निकटका स्वास्थ्यकर्मीका संगठनहरुलाई मध्यस्थता गराएर सुरुको आक्रोशलाई नर्मलाइज गरेका थिए ।

अध्यक्ष शर्माका अनुसार स्वास्थ्यसेवालाई केन्द्र मातहतमा राख्ने विषयसँगै जनतासँग जोडिएको स्वास्थ्य बिमा सम्बन्धमा नारामा मात्र हैन कार्यान्वयनमा गम्भीर बन्नसमेत स्वास्थ्यकर्मीले मन्त्रीलाई सुझाब दिएका थिए ।

‘पछिल्ला दिनमा मन्त्रालयमा रुपान्तरण र बजेट कार्यान्वयनका सन्दर्भमा बनेका समितिमा पनि स्वास्थ्यकर्मीको प्रतिनिधित्व भइरहेको छैन्’ शर्माले थपे, ‘यी गम्भीर खालका कुनै पनि विषयमा मन्त्रीज्यु प्रवेश नै गर्नु भएन’ मन्त्रालयको छलफल र मन्त्रीका मन्तव्य सुनेपछि निरास बनेका स्वास्थ्यकर्मी नेताले मन्त्रीले स्वास्थ्यकर्मीले आन्दोलन गर्छ कि गर्दैनन् भनेर नाडी छाम्न बोलाएको अर्थमा बुझेका छन् ।

एक स्वास्थ्यकर्मी नेता भने, ‘१४ वटा संगठनको शक्तिलाई केन्द्रीत हुन नदिन र न्युटलाइज गर्न बोलाइको हो कि भन्ने लाग्यो’ । ती नेताका अनुसार सोमबारको घटनाले स्वास्थ्यका गम्भीर र समसामयीक विषयमा धारणा नराखी भुलाउँने कुराले मात्रै स्वास्थ्यकर्मीको दबाबलाई रोक्न नसक्ने र सरकार विरोधी आन्दोलन विस्तारै बलियो बन्दै जाने अवस्था देखिएको छ ।

जोखिमभक्तासम्बन्धी निर्देशिकामा परिमार्जनका प्रतिवद्धता गरेको पनि धेरै समय वितिसक्दा पनि मन्त्रालयले मन्त्री परिषद्मा प्रस्ताव नै लगेको छैन् । संघीय निजामती ऐनका सन्दर्भमा पनि संघीय संसदको समितिले स्वास्थ्यले नै पठाएको प्रस्तावअनुसार नै व्यवस्था गरेको भनिरहँदा मन्त्रालयबाट ऐनमा स्वास्थ्य बलियो बनाउँने प्रयास नभएको देखिन्छ ।

यी सन्दर्भमा १४ संगठनले बुझाएका मागलाई नर्मलाइज गर्ने मन्त्रीको ध्याय रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । सुरुमा जोखिम भक्ताका सन्दर्भमा स्वास्थ्यकर्मी संगठनहरु आन्दोलनको तयारीमा रहेकै बेला मन्त्रीले नेकपा निकटका स्वास्थ्यकर्मीका संगठनहरुलाई मध्यस्थता गराएर सुरुको आक्रोशलाई नर्मलाइज गरेका थिए ।

पछिल्लोपटक ज्ञापनपत्र बुझाएपछि आफै बोलाएर छलफल गर्नु र मागको विषयमा ठोस जवाफ नदिनुले मन्त्री संभावित आन्दोलनलाई रोक्न र दवावलाई नर्मलाइज पार्ने रणतीति रहेको पुष्टि गर्ने मन्त्रालयका ती अधिकारीले दावी गरे । मन्त्री ढकालले स्वास्थ्यकर्मीसँगको छलफलको अन्त्यतिर प्रत्येक महिनामा एक पटक यस्तै छलफल गर्ने बचनसमेत दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय