एकैदिन २ लाख १६ हजारबढी संक्रमित थपिए, ५ हजारबढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बितेको चौबिस घण्टामा विश्वभर ५ हजार ३ सय बढीको मृत्यु भएको छ। २ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

भाइरसको कारण एक दिनमा विश्वका ५ हजार ३ सय ४६ जनाको ज्यान गएको छ भने २ लाख १६ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८० हजार २ सय ८२ पुगेको छ। १ करोड ३४ लाख ४७ हजार ३ सय ८८ जना संक्रमित छन्। संक्रमितमध्ये ७८ लाख ४१ हजार ४ सय ७६ जना निको भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एक दिनमा ९ सय ३५ जनाको ज्यान गएको छ भने ६५ हजार ५ सय ९३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट १ लाख ३९ हजार १ सय ४३ जनाको मृत्यु भएको छ भने ३५ लाख ४५ हजार ७६ जना संक्रमित छन्।

ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ। बितेको चौबिस घण्टामा ब्राजिलमा भाइरसका कारण १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ४३ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७४ हजार २ सय ६२ पुगेको छ भने १९ लाख ३१ हजार २ सय ४ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै, भारतमा कोरोनाका कारण एक दिनमा ५ सय ८८ जनाको मृत्यु भएको छ भने २९ हजार ८ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ हजार ३ सय १५ पुगेको छ भने ९ लाख ३७ हजार ४ सय ८७ जना संक्रमित छन्।

बितेको चौबिस घण्टामा मेक्सिकोमा ४ सय ८५ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ३५ हजार ४ सय ९१ जनाको ज्यान गएको छ भने ३ लाख ४ हजार ४ सय ३५ संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय