किन पैताला पोल्छ?
सवाल
म ३२ वर्षको पुरुष हुँ। दुवै पैताला पोल्ने समस्या छ। डाक्टरको सल्लाह अनुसार केहि समय अगाडी थाइराइड, सुगर, बि १२ आदि जाँच गरे।
रिर्पोट सबै नर्मल नै थियो। डाक्टरको सल्लाह अनुसार मनोरोगको जाँच गरे। विगत तीन वर्षदेखि एन्टिडिप्रिसेन्ट लिइरहेको छु। तर, समस्या झन् बढ्दै गएको छ। आजभोलि खुट्टा पोल्नुका साथै साँझपख मरिन्छ कि जस्तो हुन्छ। कारण के भयो होला?
समधान
तपाइको समस्या सुन्दा लामो समयदेखि तनावमा हुनुहुँदो रहेछ। तपाइले भनेको लक्षण अनुसार हेर्ने हो भने नसा सम्बन्धित समस्या जस्तो देखिन्छ।
नसामा लामो समयदेखि संक्रमण भएपछि विभिन्न लक्षण आउने गर्दछन्। जस्तो कि पैताला झमझम गर्ने, पोल्ने आदि लक्षण देखिन्छ।
एन्जाइटि सम्बन्धि पनि समस्या रहेछ भने मनोचिकिसत्कमार्फत सल्लाह लिनुपर्छ।
उहाँले सबै जाँच गनुभएको रहेछ। त्यसको रिर्पोट नर्मल आएको भए थप उपचारका लागि विशेष जाँच जरुरी छ। जस्तो नसाको समस्या पत्ता लगाउनका लागि एनसिडीको जाँच गरिन्छ। एनसिडीको जाँच गर्दा नसाहरूमा संक्रमण भएको हो कि अन्य केहि समस्या हो भन्ने प्रमाणित हुन्छ।
नसा सम्बन्धित समस्या हुँदा निन्द्रा पनि लाग्दैन। यस्तो अवस्थामा विशेष औषधिको सेवन गर्नुपर्ने हुन्छ।
१०–१५ वर्षदेखि शाकाहारी मानिस हुनुहुन्छ भने नसा झमझमाउने, पोल्ने समस्या पनि हुनसक्छ।
जुन समस्या रगतमा भिटामिन वि १२, डिको कमीको कारणले हुनेगर्छ। यिनीहरूको कमी हो भने २ देखि ६ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।
लामो समयदेखि शरीरमा भिटामिनको कमि वा भित्र लुकेको बिमारी भयो भने नसा सम्बन्धि समस्या देखिन सक्छ।
जाँच गर्दा पनि पत्ता नलागेर ट्रायल वेसिसमा औषधि सेवन गर्दा राम्रो भयो भने रोग पत्ता लाग्छ। रिर्पोट नर्मल आए पनि बिरामीहरूको लक्षण हेरेर उपचार गनुपर्ने हुन्छ।
डाक्टर कोइराला विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्।
मेरो khuta besari polera sutna nai sakdina nindra pane teti lagdaina preser normal cha k vako hola
मलाई पनि सेम यस्तै हुन्छ के भएको होला है 😭😭
मलाई ईमेल गर्नु ल [email protected] मा हामी यस खुट्टा पोल्ने रोगिहरू एकजुट हुनुपर्यो र खासमा के कारण यो पोल्ने रहेछ अनुसन्धान गर्न पर्यो । 😊😍
मलाई शुरुमा हल्का घाँटि दुख्ने र हल्का ज्वरो आएको महशुस भएको थियो, अनि मैले डाक्टरको सल्लाह अनुसार Amoxicilin र सिटामोल खाएँ, घाँटी दुख्ने र ज्वरो निको भयो तर एक्कासि पाइताला पोल्न थाल्यो। 2 महिना देखि पाइताला पोलिरहेको छ। अहिले त कम्मर देखि मुनि दुबै खुट्टा गल्छ। निन्द्रा पनि लाग्नु छोडेको छ। के भएको होला?
मेरो पनि धेरै पैताला पोल्छ के गर्ने होला,