‘कोरोना ल्याएकी छे, नजिक नआइज भन्थे’

कपिलवस्तुमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिए, त्यो यशोधरा गाउँपालिकामा थियो।

क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएपछि गाउँमा मात्र होइन, यो खबर जिल्लाभर फैलियो।

त्यतिबेलाको अवस्था सम्झँदै गाउँपालिकाकी स्वास्थ्य उपसंयोजक मन्जु शर्माले यसरी सुनाइन्– भारतबाट नेपाल आउनेको लर्कोले हामीलाई क्वारेन्टाइन बनाउनमा फुर्सदै भएन। तीनवटामा सीमित रहेको क्वारेन्टाइनलाई पालिकाभित्रका विद्यालय र मदरसा सबैतिर विस्तार गर्यौं।

मान्छेको चाप बढेपछि बगैंचासमेत क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका थियौं। गर्मीको समयमा बगैंचामा शीलत हुने हुँदा क्वारेन्टाइनमा बस्नेहरूको इच्छाअनुुसार त्यस्तो व्यवस्था गरिएको थियो। गाउँपालिकामा क्वारेन्टाइन बस्नेको संख्या १ हजार ७ सय जनासम्म पुगेको थियो।

यशोधरा गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या १ सय ६८ जना छ। तीमध्ये १२ जनामात्रै गाउँपालिकाबाहिर उपचारका लागि पठाइएको थियो। सुरु–सुरुमा बुटवलको धागो कारखानाको कोरोना विशेष अस्पतालमा पठायौं तर पछि त्यहाँ ठाउँ छैन भनेपछि गाउँपालिकाभित्र नै कोरोनाका संक्रमितलाई राख्नुपरेको थियो। तर पालिकाभित्र आइसोलेसन भने थिएन। पालिकाको बैदौली माविको क्वारेन्टाइनलाई कोरोना संक्रमित राख्न प्रयोग गरिएको थियो।

घरमा तीन महिनाको नाति थियो तर म कहिल्यै घर बाहिर बसिनँ। पिपिई प्रयोग गर्ने र दूरी कायम गरेर बस्ने गर्थें। घरमा छोराबुहारीले यस्तो जागिर पनि के खाने छाडिदिनुस् समेत भने तर उल्टै मैले उनीहरूलाई सम्झाउने गर्थें।

कोरोना संक्रमितलाई राख्ने ठाउँ नभएपछि एउटा क्वारेन्टाइन त्यसैका लागि छुट्याएर स्वास्थ्यकर्मीको निगरानी बढाइएको थियो। त्यसरी काम गर्दा सबै निको भएर घर पठाउन सकियो, त्यसमै खुसी छौं।

बिहान उठेदेखि दिनभर क्वारेन्टाइन व्यवस्थापन गर्ने, संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्यकर्मी परिचालन गर्नमै समय बित्थ्यो।

घरमा तीन महिनाको नाति थियो तर म कहिल्यै घर बाहिर बसिनँ। पिपिई प्रयोग गर्ने र दूरी कायम गरेर बस्ने गर्थें। घरमा छोराबुहारीले यस्तो जागिर पनि के खाने छाडिदिनुस् समेत भने तर उल्टै मैले उनीहरूलाई सम्झाउने गर्थें। ती संक्रमितहरू पनि कसैले छोराछोरी हुन् यस्तो अवस्थामा स्वास्थ्यकर्मीले हेरचाह नगरे कस्ले गर्ने भन्थें। घरमा आउँदा गाउँ र छरछिमेकले पनि फरक व्यवहार सहनुपर्यो।

छिमेकीहरूले नजिक नआइज, टाढा बस, यसले त कोरोना ल्याइछे भन्थे, यो सुन्दा अपहेलित भएको महसुस भयो। घरको कुरा, गाउँको कुरा र मेरो आफ्नै मनको कुराले मलाई सुरु सुरुमा रातभर निद्रा लाग्थेन। कहिलेकाहीं त राजीनामा दिउँ जस्तो पनि लाग्थ्यो। खोक्दा, टाउको दुख्दा समेत कोरोना त लागेन भयो भन्ने शंका मनमा आइरहन्थ्यो।

तर कोरोना संक्रमितहरू भएको ठाउँमा पुगेर सहयोग गर्दा कोरोना पोजिटिभ खुसी हुन्थे। क्वारेन्टाइनमा बस्नेहरूको अवस्था देख्दा मैले उनीहरूलाई स्वास्थ्य सेवा पुर्याउनुपर्छ भन्ने कुराले जित्थ्यो।

(हेल्थपोस्टकर्मी कृष्ण मल्ल सँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय