कर्णालीका एक प्रदेश सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा प्रदेश सभाका ति सांसदलाई कोरोना संक्रमण देखिएको हो।

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सभाका एक जना सांसदमा कोरोना संक्रमण भएको पुष्टि गरे।

कोरोना संक्रमण देखिएपछि ति सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय