स्वास्थ्यमन्त्रीले भने– ‘वेथितीको डोरीले बाँधिएँ, चाल्नो ठानेको स्वास्थ्य मन्त्रालय डोको रहेछ’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्री भएर आएपछि सुधार गर्न नपाउदै महामारी नियन्त्रणमा लाग्नु परेको बताएका छन् । उनले त्यही कारणले स्वास्थ्य संरचनाभित्रका विकृति सुधान नसकेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयमा सोमबार स्वास्थ्यकर्मी नेताहरुसँगको भेटमा उनले भने– ‘महामारीका बेला बेथितीकोविरुद्ध पनि लडौं भन्दा बेथितीको डोरीले बाँधिएर महामारीको लडाईलाई अल्लि कम्जोर बनाउँछ कि, भन्ने भयो ।’
उनले मन्त्रालयलाई आफू सुरुमा आउँदा चाल्नोजस्तो लागेको र बुझ्दै जाँदा डोको जस्तो भएको बताए । ‘कतिपय मैले गर्ने निर्णय र मन्त्रीपरिषद्मा लाने प्रस्ताव अनलाइन हेरेर थाहा पाउनुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘चाल्नो होइन् डोकोजस्तो जे आउँछ सबै चुहिएर जाने रहेछ’
उनले अहिले स्वास्थ्य मन्त्रालय चिनेको छु भन्ने लागेको बताए । उनले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकै कारणले आफूमाथि जे निशाना लगाइएको भन्दै यसको अर्थ यसले छोटो समयमै स्वास्थ्य मन्त्रालय बुझयो ।भन्ने पहिचान हो भन्ने मेरो बुझाई छ । ‘यसबीचमा मैले जति निशानाहरुको सामना गर्नुपर्यो त्यो पर्दैनथ्यो होला त्यो पर्दैन थियो होला अरुभन्दा पृथक भएकै कारणले त्यो विषयको सामना गर्न परेको दावी उनको थियो ।
उनीहरुले स्वास्थ्यकर्मीको साथ सहयोग लिएर स्वास्थ्य क्षेत्र यस्तो हुनुपर्छ भन्ने देखाएर नै अर्कालाई हस्तान्तरण गर्ने योजना रहेको सुनाए ।
उनले थोरै बिग्रिएको र सानो संरचना भए सानो प्रयासले पनि परिवर्तनको गुन्जायस हुने भन्दै ठूलो भएकोले सुधारका लागि समय लाग्ने बताए ।
उनले स्वास्थ्यकर्मी सबैले भेट्न नपाएको विषयमा पनि टिप्पणी गर्न भ्याए । ‘साथीहरु कसैले भेट्न पाउनु भएको छ कसैले भेट्नै पाएनौ भन्नुहुन्छ’ उनले भने, ‘म विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मन्त्रालयमै छु, अधिकांश समय भेटघाटमै जान्छ र पनि यस्तो गुनासो किन आइरहन्छ बुझ्न सकेको छैन्’
उनले आफू अरुजस्तो ढिला आउँने र २ नै बजेहिडिहाल्ने मान्छे नभएको बताए । उनले विहानैदेखि कमान्ड सिस्टमको बैठकहरु हुने गरेको बताए ।

First of all correct the corrupted officer who are in policy level then make them follow the rules and regulations that from ministry level