निजी क्षेत्रका ६ प्रयोगशालालाई कोरोना परीक्षणको सशर्त अनुमति

सरकारले देशभरका ६ वटा निजी प्रयोगशालालाई तोकिएको शुल्क लिएर कोरोना परीक्षण अनुमति दिएको छ । तीमध्ये चार प्रयोगशालाले सरकारले उपलब्ध गराएको नमूनामात्रै परीक्षण गर्न पाउँछन् भने दुई वटाले तोकिएका क्षेत्रको मात्रै परीक्षण गर्न पाउँछन् ।

सरकारले निजी क्षेत्रका प्रयोगशालाले दिएको निवेदशनको आधारमा मुल्यांकन गरेर पहिलो चरणमा २ र अहिले चार प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार पहिलोचरणमा एनपिएचएलले उपत्यकाका चार र बाहिरका २ प्रयोगशालालाई परीक्षणका लागि योग्य ठहर गरेको छ । अनुमति पाएका प्रयोगशालाले पनि अहिलेसम्म सरकारबाट नमूना पाएका छैनन् ।

जसमध्ये पहिलो चरणमा ललितपुर सानेपाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालाले अनुमति पाएका थिए । दोस्रो चरणमा नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव –सिडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएका छन् ।

उपत्यकाबाहिरका सन्दर्भमा नेपालगञ्जको वागेश्वरी प्रयोगशाला र बुटवलमा रहेको नेशनल प्याथ ल्यावले पनि अनुमति पाएका छन् ।

एनपिएचएलले दिएको अनुमतिपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्टार अस्पताललाई भने तोकिएको क्षेत्रका मानिसको आफै नमूना संकलन गरेरसमेत परीक्षण गर्न पाउने अनुमति दिएको छ ।

स्टारले सरकारले दिएको नमूनासँगै वैदेशीक रोजगारी वा अन्य प्रयोजनले विदेश भ्रमणमा जानेहरु, कुटनीतिक नियोगका कर्मचारी, सम्बन्धित अस्पतालमा भर्ना भएका बिरामीको मात्रै परीक्षण गर्न पाउनेछन् ।

परीक्षणबापत सबै प्रयोगशालाले ५ हजार ५ सय अनुदान/शुल्क लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय