स्वास्थ्यकर्मीका संगठनले भने-‘स्वास्थ्य सेवा संघ अन्तर्गत राख्नुपर्छ’

२४ वर्षदेखि छुट्टै ऐनबाट निर्देशित स्वास्थ्य सेवालाई केन्द्र अन्तर्गत नै राख्नुपर्ने माग स्वास्थ्यका पेशागत संगठन एवं ट्रेड युनियानहरुले उठाएका छन् । विशेषगरी कोरोना महामारीसँगै तीन तहका सरकारमा स्वास्थ्यका अधिकार र जिम्मेवारी रहँदा नियन्त्रण र नेतृत्व (कन्ट्रोल एण्ड कमान्ड)मा कठीनाई आएको भन्दै ट्रेड युनियानहरुले यस्तो माग उठाएका हुन् ।

उनीहरुले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेरै यसका लागि लविङ गर्न माग गरे । अहिले पनि ३५ हजार हाराहारीमा जनशक्ति र देशव्यापी सञ्जाल भएको स्वास्थ्यका लागि छुट्टै ऐन नै आवश्यक पर्ने उनीहरुको भनाई छ ।
स्वास्थ्य सेवाको विशिष्ठीकृत महत्व र विशेषता बोध गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसी हुँदा तत्कालिन सरकार छुट्टै ऐन जारी गरेको थियो । अहिले प्रस्तावित संघीय निजामति ऐनले स्वास्थ्यको विशिष्ठीकृत भूमीका र प्रभावलाई नजरअन्दाज गरेको नेपाल स्वस्थ्यकर्मी संघका पूर्व सहअध्यक्ष ओमप्रसाद उपाध्यायले बताए ।

‘स्वास्थ्यका संरचना घटाइए र उच्चतहको दरवन्दी पनि प्रदेशसम्म पुर्याइयो’ उपाध्यायले भने, ‘समायोजन गर्दा भएको अन्यायलाई हल गर्नेगरी स्वास्थ्यलाई छुट्टै ऐन र केन्द्र अन्तर्गतको सेवा बनाउँनुपर्छ’

उनले समायोजन गर्दा पनि निजामति तर्फका अधिकृत तहसम्मको मात्रै दरवन्दी स्थानीय तहमा राखेर त्यो भन्दा माथिल्लो तहको दरवन्दी केन्द्रमै राखिएको बताए । ‘स्वास्थ्यका संरचना घटाइए र उच्चतहको दरवन्दी पनि प्रदेशसम्म पुर्याइयो’ उपाध्यायले भने, ‘समायोजन गर्दा भएको अन्यायलाई हल गर्नेगरी स्वास्थ्यलाई छुट्टै ऐन र केन्द्र अन्तर्गतको सेवा बनाउँनुपर्छ’

स्वास्थ्यकर्मी युनियानका अध्यक्ष उज्वलकुमार शर्माले ट्रेड युनियान र पेशागत संघ/संगठनले स्वास्थ्यमन्त्रीसँग विभिन्न एजेण्डामा छलफल गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् । शर्माले मन्त्रीसँग परामर्श बैठकमा सबै स्वास्थ्यकर्मीलाई कोभिड भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य बीमा प्रभावकारी बनाउनुपर्ने विषयमा समेत छलफल भएको उल्लेख गरेका छन् ।

शर्माकाअनुसार कोभिडको उपचारका क्रममा स्वास्थ्यकर्मीको मृत्यु भएको अवस्थामा मन्त्रालयको धारणा के हुने ? भन्नेमा पनि सरकारको धारणा मागिएको थियो ।

पछिल्ला दिनमा सरकारको बजेटमा उल्लेख भएका नीतिगत विषय कार्यान्वयनका लागि ८ वटा समिति गठन भएकोमा ती समितिमा स्वास्थ्यकर्मी संघ/संगठनको प्रनितिधित्व नभएको प्रति पनि उनीले आपत्ति जनाएका छन ।

5 thoughts on “स्वास्थ्यकर्मीका संगठनले भने-‘स्वास्थ्य सेवा संघ अन्तर्गत राख्नुपर्छ’

  1. Avatar गंगा राज अर्याल स्वास्थ्य प्रबर्द्धन विज्ञ says:

    हो, स्वास्थ्य सेवालाई संघीय सरकार मातहतमा राख्नै पर्छ ।

  2. केहि कठिनाई पक्कै छ, नया प्रणालीको अभ्यासमा छौ, यस्को मतलब पुरै प्रणाली तहसनहस भएको छैन , सुधारको खाचो छ । संघ अन्तरगत राखियो भने (युनियन) संघ/सङ्गठनका सिमित ब्यक्ति हरु फेरी कमाउ धन्दामा लाग्ने भए अब [सरुवा /बढुवामा ], स्थानिय तहमा समस्या बुढाखाडा /थपना तथा हिजो स्वास्थ्य चौकिमा मात्र बसेका स्वास्थकर्मी लाई स्वास्थ्य शाखा दिदाको परिणाम हो ! नया जोश जागर तथा योग्यता भएका हरुको खाचो !!!

  3. Ho hami lai sangha antargat nai rakhanu ramro hunxa …arko kura …saishik asatr pani kayam garn jaruri xa….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय