नेपालमा १० हजार ७ सय ५ जनाले कोरोना जिते

नेपालमा कोरोना संक्रमितको निको हुने दर बढ्दै गएको छ। सोमबार १० हजार ७ सय ५ जनाले कोरोना जितेका छन्। सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जनामा कोरोना जितेको जानकारी दिए।

योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो संख्या कुल संक्रमित मध्ये ६०.७ प्रतिशत निको भएका हुन्।
सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ६ हजार ६ सय १३ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। सोमबार पुष्टि भएका सँगै देशभर १६ हजार ९ सय ४५ जना संक्रमण देखिएको छ।

हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय