दुईवर्षे बच्चासहित कर्णालीमा ४७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि हुनेमा दुई वर्षीय बालकसमेत रहेका छन्। उनी सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी हुन्। यसका साथै सिम्ता गाउँपालिका-५ का चारवर्षे दुई बालक र सोही गाउँपालिका-७ निवासी तीन वर्षीय बालकमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे।

नयाँ संक्रमित हुनेमा सुर्खेतका ४१, दैलेख र रुकुम पश्चिमका २-२ जना रहेका छन्।

यसका साथै जाजरकोट र बाँकेका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यो सँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय ६३ पुगेको छ। हाल २ सय २ जना आइसोलेसनमै उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय