औषधी व्यवस्था विभागमा उत्पादकहरूको प्रदर्शन

औषधी उत्पादकहरूले जथाभावी स्यानिटाइजर उत्पादक कम्पनी दर्ता गर्न म्याद बढाइएको विरोधमा प्रदर्शन गरेका छन्। औषधी व्यवस्था विभाग अगाडी उनीहरुले सोमबार प्रदर्शन गरेका हुन्। प्रदर्शनमा विभिन्न औषधी उत्पादक तथा उद्योगीहरुको सहभागिता थियो।

महासचिव विप्लव अधिकारीका अनुसार यसअघि सरकारले ह्याण्ड स्यानेटाइजरको दर्ता अनुमतिको लागि ३ महिना थप गरिएकोमा नेपाल औषधि उत्पादक संघले बिरोध जनाएको थियो।

यसअघि सरकारले ह्याण्ड स्यानेटाइजरको दर्ता अनुमतिको लागि ३ महिना थप गरिएकोमा नेपाल औषधि उत्पादक संघले बिरोध जनाएको थियाे। 

औषधि व्यवस्था विभागमा दर्ता भइ स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि हाल करिब ४० वटा उधोगहरुले स्यानेटाइजर उत्पादन गरिरहेका छन्।

बजारमा गुणस्तरको प्रत्याभूति नभएका र बिना दर्ता नै उत्पादन गरिरहेका विभिन्न उत्पादनलाई २०७६ साल चैत्र ०९ गते औषधि ब्यबस्था विभागले सुचना निकाली ३ महिना भित्र दर्ता प्रक्रियामा आउन सार्बजनिक सुचना गरेको थियो।

कोभिड १९ को संक्रमणको बिशेष परिस्थितिमा स्यानेटाइजरको अत्याधिक प्रयोग भएको समयमा बिना मापदण्ड ,बिना गुणस्तर परिक्षण र बिना दर्ता स्यानेटाइजरको बिक्रि बितरण हुदा स्वास्थ्यमा असर पर्ने अधिकारी बताउँछन्।

यसै बमोजिम करिब ४० वटा उधोगले बनाउने १२० वोटा स्यानेटाइजर दर्ता पनि भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय