१०४ वर्षीया वृद्धाले घरमै बसेर हराइन् कोरोनालाई

इङ्ल्याण्डमा एक  वृद्धामा कोरोना भाइरस संक्रमण भएकोमा निको भएकी छन्।

केन्टकी १०४ वर्षीया  ग्रेस ग्रीनवुड घरमै उपचार गराएर निको बनेकी बीबीसी हिन्दीले उल्लेख गरेको छ।

पछिल्लो तीन साता ओछ्यानबाट उठन समेत सकिनन् भने श्वासप्रश्वासमा समस्या थियो। तर, यो अवस्थामा पनि उनलाई अस्पताल जानु परेन।

उनी लन्डनमा मेकअप आर्टिस्ट रहेकी उनकी नातिनि क्रिस्टल अपोलोनिया भन्छिन्, ‘उहाँ केही साता बिरामी हुनुभयो। डाक्टरले स्वास्थ्य अवस्थाबारे बताएपछि हामी धेरै डराएका थियौँ। तर, हजुरआमाको हिम्मतका कारण निको हुनुभयो।’

ग्रीनवुडले जीवनको अफ्ठ्यारो समय काटेको उनका परिवारले बताएका छन्। जीवनको धेरैजसो समय उनी बिरामी भइन्। त्यसैले ग्रीनवुडमा रोगसँग लड्ने हिम्मत आएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

उनको जन्म म्यानमारमा भएको थियो। नर्स समेत रहेकी उनले भारतमा समेत काम गरिन्। तर, सन् १९४६ मा समुद्र पारीको बाटो तय गरिन्।

ग्रीनवुड हरेक दिन शारिरिक व्यायाम गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय