झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि
झापामा आज थप एकजना कोरोना संक्रमण पुष्टि भएको छ।
कचनकवल ३ का २३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी भारतको बेंगलोरबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।
झापामा एकसहित प्रदेश नम्बर १ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय १ पुगेको छ।