ऐश्वर्याकी आमा छोरीमा पनि कोरोना पुष्टि
अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भए पश्चात ऐश्वर्या राय बच्चनमा र उनी छोरी आराध्या बच्चनमा पनि कोरोना पनि कोरोना संक्रमण पुष्टि भएको छ।
ऐश्वर्या पति अभिसेकलेले ट्विट गर्दै छोरी र श्रीमतिमा संक्रमण पुष्टि भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूमा अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन।
अभिसेकले बुवा अमिताभ र आफू अस्पतालमा रहे पनि श्रीमति र छोरी भने घरमै सेल्फ क्वारेन्टाइनमा रहेको बताएका छन्।
शनिबार अमिताभ र अभिषेकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू यतिवेला मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्।
यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विट गर्दै बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरेका छन्।