तीन चिकित्सकसँगै पक्राउ पर्नेमा वडा अध्यक्षसहित १२ जना, म्याद थपका लागि बहस जारी
नक्कली भन्जा बनाएर मानव अंग किनबेच गरेको आरोपमा पक्राउपरेका चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक, ललितपुर वाड नं ३ का वडाअध्यक्षसहित १२ जनालाई प्रहरीले अनुसन्धान म्याद थपका लागि अदालत पेश गरेको छ ।
५५ वर्षे एक पुरुषको भान्जा बनाएर अर्का व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले चितवन र उत्पकाबाट उनीहरुलाई पक्रउ गरेको थियो ।
पक्राउ परेका प्रत्यारोपण सर्जन डा. राकेश बर्मा, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठ, डा. अस्पतालको समितिका संयोजक डा. बालकृष्ण कालाखेतीसहित १२ जना रहेको मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।
व्यूरोका अनुसार पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि रामचन्द्र ढकाल, अस्पतालका कानूनी सल्लाहकार रमेश काफ्ले छन् ।
पक्राउ पर्ने अन्यमा ललितपुर वाड नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, र जिल्ला प्रशासन कार्यलय ललितपुरका २ कर्मचारी छन् । उनीहरुले ललितपुरमा बसेर अंग दाताको नक्कली कागतपत्र तयार पारेका थिए । बास्तविक भान्जा विदेशमा भएपनि कागजपत्र तयार पारेर फोटोसमेत टाँसेर दाताबाट मिर्गौला किनबेच गरेका थिए ।
प्रहरीले अंग किनबेचनमा मध्यस्तता गरेको आरोपमा पूर्व प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपिलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र रेष्मा राईलाईसमेत पक्राउगरी अदालत पेश गरेको छ । प्रहरीले अनुसन्धान म्याद थपका लागि अदालत पुर्याएको र आरोपीका तर्फबाट धेरै अधिवक्ताले वहस चलिरहेको प्रहरी स्रोतले जनाएको छ ।