५१ प्रतिशतले जिते कोरोना

आइतबार देशभर १ सय ४७ जनाले कोरोना संक्रमण जितेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमण मुक्त भएको बताए।

यो सँगै नेपालमा ८ हजार ५ सय ८९ जना कोरोना संक्रमणबाट निको भएका छन् । अहिले सम्मको तथ्यांकलाई हेर्दा कुल संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमित निको भएका हुन्। देशभर ८ हजार १७४ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ।

आइतबार पुष्टि भएका सँगै देशभर १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ। हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय