खाली हुँदैछन् देशभरका क्वारेन्टाइन

कोरोना संक्रमणको नियन्त्रण गर्न विश्वभर अपनाइएको एउटा विधि हो, क्वारेन्टाइन। कोरोना आशंका गरिएका व्यक्ति १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले व्यवस्था गरेको छ।

तर, केही दिन यताको तथ्यांकलाई हेर्दा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा २६ दिनमा  जना १ लाख ९ हजार ७३२ जना  क्वारेन्टाइनबाट बाहिरिएका छन्।

असार १सम्ममा  क्वारेन्टाइनमा बस्ने संख्या लाख ३३ हजार ८ सय २९ जना थियो।

सरकारले हालसम्मका ९७ प्रतिशत भन्दा बढी संक्रमित अरु देशबाटै आएहरु भएको दाबी गरेको छ। संक्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा बसेका व्यक्ति छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा परीक्षणको मापदण्ड बनाएको थियो।

यो मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि घर पठाउने नीति लियो। त्यसअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका वा लक्षण नदेखिएकालाई पिसिआर परीक्षण गर्नु परेन। उनीहरुलाई आरडिटी मात्रै गरेर घर पठाइयो।

क्वारेन्टाइनमा बसेकाहरुलाई परीक्षण नै नगरी घर पठाउँदा संख्या ह्वात्तै घटेको छ।

भारतबाट आएका धेरै मानिस पिसिआर परीक्षण वञ्चित भएका छन्। जसको कारण परीक्षणबिना घर पठाइएकामा समेत कोरोना संक्रमण पुष्टि भयो।
घरमा पुगेपछि संक्रमित भएको घटना आएपछि क्वारेन्टाइनको विषयमा सरकारले चौतर्फी रुपमा आलोचना खेप्नु परेको थियो।

किन घटिरहेको छ क्वारेन्टाइनमा संख्या? 

अहिले देशभर भएका एक लाखभन्दा बढी क्वारेन्टाइन बेड खाली भएका छन्। भारतबाट आउनेहरुको संख्या पनि घटेको छ।
भारतबाट आउने मानिसको संख्या घटेसँगै क्वारेन्टाइनका बेड खाली हुँदै गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए।

उनका अनुसार क्वारेन्टाइनको समयावधि पुगेकाहरुलाई घर पठाउँदा क्वारेन्टाइन खाली हुँदै गएको हो। मन्त्रालय अनुसार अहिले थोरै संख्यामा मात्र नेपाल प्रवेश गर्नको संख्या रहेको छ।

सबैभन्दा बढी क्वारेन्टाइनमा रहेका सुदुरपश्चिम प्रदेशमा मन्त्रालयका तंथ्याक अनुसार शनिबार सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय १६ र सबैभन्दा कम कणर्लीमा  प्रदेशमा १ हजार ८ सय १८ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, प्रदेश ५ मा ५ हजार ९९, गण्डकीमा ४ हजार १सय ९७, प्रदेश २ मा २ हजार ९सय ६५, प्रदेश १ मा २ हजार ७ सय ७४ र वागमती प्रदेशमा १ हजार ९ सय २८ जना क्वारेन्टाइनमा रहेका छन्।

दैनिक क्वारेन्टाइनबाट ४ हजार निस्किँदै 

शनिबारसम्म २४ हजार ०९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। २६ दिनअघिको तथ्यांकलाई हेर्ने हो यो अवधिमा जना १ लाख ९ हजार ७३२ जना  क्वारेन्टाइनमा बाहिरएका छन्।

दैनिक करिब ४ हजारभन्दा बढी क्वारेन्टाइनबाट निस्किएको मन्त्रालयएको तथ्यांक छ।

१ असारमा मा १लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनबाट निस्कने क्रम क्रमिक रुपले घटेको देखिन्छ।

यो संख्या घट्दै २ असारमा मा १ लाख ३३ हजार ९, ३ असारमा १ लाख २५ हजार ७९८ र ४ असारमा १ लाख १६ हजार २१५ रहेको थियो।

५ असारमा १ लाख ९ हजार ४६१, असार ६ मा १ लाख २ हजार २४५, असार ७ मा ९४ हजार ९ सय २८, असार ८ मा ९० हजार ७ सय ३०, ९ असारमा ८५ हजार ८ सय १३ र १० असारमा ७८ हजार ६ सय ३९ जनामा आइपुगेको थियो।

त्यसैगरी, असार ११ मा ७४ हजार २२, असार १२ मा ७१ हजार १२, असार १३ मा ६ ५ हजार ७१२, असार १४ मा ६१ हजार ७३१, असार १५ मा ५७ हजार ३६८, असार १६ मा ५३ हजार ७०, असार १७ मा ४८ हजार ३६२, असार १८ मा ३८ हजार १०९, असार १९ मा ३५ हजार ४७२ र असार २० मा ३३ हजार १२५ जना क्वारेन्टाइनमा रहेका थिए।

असार २१ मा ३५ हजार ४ सय ७२, असार २२ मा २९ हजार २१५, असार २३ मा २५ हजार ७ सय २७, असार २४ मा २५ हजार ४०, असार २६ मा २३ हजार ९१० क्वारेन्टाइनमा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय